बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा जनप्रतिनिधिहरुले ताला लगाई दिएका छन् ।
नगरसभामा विवाद बढ्दै जाँदा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एक पक्षीय ढंगले काम गरेको भन्दै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा गएका जनप्रतिनिधिहरुले ताला लगाइदिएका हुन् ।
तिलोत्तमा नगरपालिकाको १२ औं नगरसभाको तेश्रो र चौथो बैठकको उपस्थिति र गणपूरक संख्यामा ज्ञवालीको भूमिका विवादास्पद रहेको एमाले निकट जनप्रतिनिधिहरुको आरोप छ ।
उपप्रमुख चौधरीले प्रशासकीय अधिकृत ज्ञवालीले नियोजित रुपमा नगरसभाका एकैदिनका बैठकमा अलग अलग उपस्थिति गराउने गरेको आरोप लगाइन् । हामीले उपस्थिति गरेको उपस्थिति पुस्तिका गायब पारेर प्रशासकीय अधिकृत ज्ञवालीको योजनामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको मात्रै उपस्थिति तयार गरी हस्ताक्षर गराएकोले नैतिक हिसावले अब ज्ञवाली नगरपालिकाको प्रशासकीय अधिकृत स्वीकार्य नहुने चौधरीेले बताईन् ।
आज बोलाइएको नगरसभाको चौथो बैठकमा सबै जनप्रतिनिधि उपस्थित भएपनि एमालेका ४२ जना प्रतिनिधिले हस्ताक्षर गरेपछि कांग्रेसका उपस्थित भएर पनि हाजिर गरेनन् भने एमालेका उपस्थित बाँकीलाई हस्ताक्षर गर्न नदिएको चौधरीले बताइन् ।
नगरप्रमुख रामकृष्ण खाँणले घोषणा गर्दा एमालेका ४२ जनाको उपस्थिति भएको माइन्यूट अनधिकृत व्यक्तिमार्फत लुकाउन खोज्दा नियन्त्रणमा लिइएको उनले बताईन्।

प्रतिक्रिया