राष्ट्रियसभा निर्वाचनमा फोटोसहितको परिचयपत्र देखाएर पनि मतदान गर्न सकिने



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रको विकल्पमा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा पनि मतदान गर्नसक्ने व्यवस्था मिलाएको छ ।

प्रदेशसभा सदस्य वा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुखको प्रमाणको यकिन गर्न निर्वा्चित भएको प्रमाणपत्र र यसअघिका निर्वाचनमा प्रयोग भएको मतदाता परिचयपत्र लिएर मतदानका लागि आउन आयोगले मतदातालाई सुचित गरेको छ ।

आयोगका सहसचिव राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, प्रमाणपत्र हराए वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था हुनेछ ।

आयोगले त्यसका लागि आवश्यक व्यवस्थापन मिलाउन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । उक्त निर्वाचनका सन्दर्भमा गएराति मध्यरातिदेखि मौन अवधि शुरु भएको छ ।

निर्वाचनबाट ५९ सदस्यीय स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा १८ जना नयाँ सदस्यको चयन हुने छ । १९ सदस्यको आगामी फागुन २० गते दुईवर्षे कार्यकाल पूरा हँुदैछ । उहाँहरुको कार्यकाल पूरा हुनु ३५ दिनअघि नै नयाँ सदस्यका लागि निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । रिक्त हुने एकजना सदस्यको भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जतिसुकै सिट सङ्ख्या भएपनि यो संविधान र लोकतान्त्रिक गणतन्त्रको माओवादी संस्थापन होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जतिसुकै सङ्ख्या भए पनि

भूमिसम्बन्धी विधेयकमा ‘लटरपटर’ नगरौं : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकलाई आजको संसदको कार्यसूचीबाट हटाउन

विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग

  काठमाडौँ । सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति

स्पेनमा प्रधानमन्त्री सहभागी कार्यक्रममा गएका केही मानिसहरू फर्किएनन्ः सांसद गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार पनि