जेनेभा । इरान समर्थित हेजबुल्लाहविरुद्ध इजरायलको युद्धबाट गुज्रिरहेको लेबनानका लागि संयुक्त राष्ट्रसङ्घले आफ्नो सहायता मागलाई दोब्बरभन्दा बढीले बढाउँदै छ महिनामा लगभग ६४ करोड डलर आवश्यक रहेको बताएको छ।
मध्यपूर्वमा भएको युद्धको तीन महिनापछि संयुक्त राष्ट्रसङ्घले चेतावनी दिँदै भनेको छ, ‘लेबनानमा ‘मानवीय विपत्ति’ नजिक रहेको छ र एक चौथाइ जनसङ्ख्यालाई सहयोगको आवश्यकता छ।’
“लेबनानका लागि राष्ट्रसङ्घका आवासीय मानवीय समन्वयक इमरान रिजाले बेरुतबाट पत्रकारहरूसँग भने, “युद्धको वृद्धिका कारण लेबनानका समुदायहरूले डरलाग्दो अवस्थाको सामना गर्नुपरेको छ।’
उनले भने, ‘हिजबुल्लाहले मार्च २ मा लेबनानलाई व्यापक मध्यपूर्व युद्धमा तानेपछि लेबनानमा भएको इजरायली आक्रमणमा तीन हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र १० हजारभन्दा बढी घाइते भएका छन् ।’
‘हामीले धेरै हताहती, व्यापक र बारम्बार विस्थापन, आवास र आधारभूत सेवाका पूर्वाधारहरूको विनाश र दूरगामी मनोवैज्ञानिक आघात देखेका छौँ,’ उनले भने ।
उनले भने, ‘विस्थापित र मानवीय सहयोगको याचना गर्ने नागरिकहरूको सङ्ख्या चिन्ताजनक छ र दिन प्रतिदिन खराब हुँदै गइरहेको छ।’
संयुक्त राष्ट्रसङ्घले गत मार्चमा लेबनान सरकारको नेतृत्वमा मेको अन्त्यसम्म ठूलो सङ्कटकालीन कार्यका लागि तीन करोड ८० लाख डलर सहयोग गर्न अपील गरेको थियो ।

प्रतिक्रिया