रुस–युक्रेन वार्तामा प्रगति भए ट्रम्प टर्की जाने



 

दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि प्रगति भयो भने उनी अझै पनि तीन वर्षभन्दा बढी युद्धको अन्त्य गर्ने उद्देश्यले गरिने पहिलो प्रत्यक्ष रूस–युक्रेन वार्ताका लागि टर्की जान सक्ने बताएका छन् ।

“तपाईंलाई थाहा छ, यदि केही भयो भने, यदि उचित भयो भने म शुक्रबार जानेछु”, ट्रम्पले बिहीबार कतारमा भने, “हामी विश्वलाई मनोवैज्ञानिक रूपमा मद्दत गर्न सक्छौँ । त्यसैले हामीलाई लाग्छ कि हामी रुस-युक्रेनसँग राम्रो गर्न जाँदैछौँ ।”

उनले एक दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आएमा वार्ताका लागि टर्की जाने बताएका थिए ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पुटिनलाई आउन उनी शान्तिका बारेमा गम्भीर रहेको छु भन्ने प्रमाणित गर्न आह्वान गरेको भए पनि रूसले त्यसको सट्टा कनिष्ठ प्रतिनिधिमण्डल पठाउँदैछ ।

पुटिन अनुपस्थित हुनुमा आफू आश्चर्यचकित नभएको भन्दै ट्रम्पले भने, “यदि म जाँदिनँ भने उहाँ किन जानुहुन्छ ?”

पदभार सम्हालेपछि ट्रम्पले तुरुन्तै युद्ध अन्त्य गर्ने वाचा गरेका थिए । तर रूसले युक्रेनले समर्थन गरेको ३० दिनको बिना शर्त युद्धविरामको अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको थियो ।

युक्रेन र अमेरिकी प्रशासनबीचको सम्बन्ध सुधारिएको भए पनि कतारमा फेरि ट्रम्पले जेलेन्स्कीका बारेमा हेपेर बोलेका छन् । जेलेन्स्कीले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अर्बौं डलर सैन्य सहायता प्राप्त गर्न नजिकबाट काम गरेका थिए ।

“मलाई लाग्छ उहाँ सायद इतिहासकै सबैभन्दा महान् सेल्समेन हुनुहुन्छ”, ट्रम्पले जेलेन्स्कीको बारेमा भने । जेलेन्स्कीको फेब्रुअरी २८ मा ह्वाइट हाउसमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग तनावपूर्ण भिडन्त भएको थियो ।

आफ्नो प्रशासनले कसरी युक्रेनलाई सैन्य सहायता कटौती गरेको छ भनेर उल्लेख गर्दै ट्रम्पले भने, “यो यति सजिलो थियो, बच्चाबाट क्यान्डी लिनु जस्तै ।”

अमेरिकी राष्ट्रपति तीन राष्ट्रको खाडी भ्रमणमा छन् । भ्रमणका क्रममा उहाँ बिहीबार पछि संयुक्त अरब इमिरेट्स पनि जाँदै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएसआइएसको आक्रमणमा नाइजेरियामा ३४ सैनिकको मृत्यु

नाइजेरिया । नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा इस्लामिक स्टेट

इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ

तेहरान । इरानको कोम प्रान्तको प्रहरीले शनिबार इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जनालाई

चाडमा भएको झडपबाट कम्तीमा १७ जनाको मृत्यु

याउण्डे । चाडको माईयो–कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको भीषण झडपमा

टेस्लाले साङ्घाइमा नयाँ ‘ग्रिड साइड ऊर्जा भण्डारण’ स्टेशन निर्माण गर्ने

सांघाई । अमेरिकी कार निर्माता कम्पनी टेस्लाले चिनियाँ साझेदारहरूसँग मिलेर साङ्घाइमा मेगाप्याक ऊर्जा