वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने



फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ । कोलोनस्थित जर्मन आर्थिक संस्थान (आईडब्ल्यू) द्वारा मङ्गलबार सार्वजनिक गरिएको एक प्रतिवेदन अनुसार, जर्मनी विश्वका अन्य प्रमुख अर्थतन्त्रहरूभन्दा पछाडि पर्नेछ ।

अर्थतन्त्रमा लगातार दुई वर्षको गिरावटपछि, अमेरिकाको व्यापार नीति, विश्वव्यापी अनिश्चितता र लगानीको कम स्तर जर्मन अर्थतन्त्रमा मुख्य चुनौतीका रूपमा देखिएका छन् । अन्य ठूला अर्थतन्त्रहरू यो वर्ष सुधारको बाटोमा रहेको देखिए पनि आईडब्ल्यूको प्रतिवेदन अनुसार जर्मनी भने मन्दीमै रहनेछ ।

प्रतिवेदनमा अमेरिकी व्यापार नीतिलाई विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो जोखिमका रूपमा औँल्याइएको छ, जसले गर्दा विश्व उत्पादन ०.८ प्रतिशतले घट्न सक्ने पूर्वानुमान गरिएको छ ।

यो आर्थिक संकटको असर रोजगार बजारमा पनि पर्नेछ । सन् २०२५ को गर्मीयामसम्म बेरोजगारको संख्या ३० लाख पुग्ने अनुमान गरिएको छ ।

आईडब्ल्यूले अप्रिलमा प्रकाशित विज्ञप्तिमा चेतावनी दिंदै भनेको थियो, “जर्मन अर्थतन्त्र गहिरो सङ्कटमा छ ।” संस्थाका अनुसार, तीनमध्ये एक कम्पनीले लगानी कटौती गर्ने योजना बनाएका छन् भने करिब ३५ प्रतिशत कम्पनीहरू जनशक्ति घटाउने तयारीमा छन् ।

संस्थाले नयाँ सङ्घीय सरकारले यथाशिघ्र र प्रभावकारी कदम चालेर अर्थतन्त्र पुनःजागृत गर्नुपर्ने र संरचनात्मक चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।

जर्मन केन्द्रीय बैङ्कले अप्रिल अन्त्यमा प्रकाशित गरेको अर्को प्रतिवेदनमा पनि अर्थतन्त्रको स्थितिलाई झनै नकारात्मक देखाइएको छ ।

पहिलो त्रैमासिकमा अलिकति सुधार देखिए पनि दोस्रो त्रैमासिकमा फेरि मन्दीको सम्भावना रहेको उल्लेख गरिएको छ । समग्रमा, जर्मन अर्थतन्त्रको भविष्य अझै अनिश्चित र चिन्ताजनक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएसआइएसको आक्रमणमा नाइजेरियामा ३४ सैनिकको मृत्यु

नाइजेरिया । नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा इस्लामिक स्टेट

इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ

तेहरान । इरानको कोम प्रान्तको प्रहरीले शनिबार इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जनालाई

चाडमा भएको झडपबाट कम्तीमा १७ जनाको मृत्यु

याउण्डे । चाडको माईयो–कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको भीषण झडपमा

टेस्लाले साङ्घाइमा नयाँ ‘ग्रिड साइड ऊर्जा भण्डारण’ स्टेशन निर्माण गर्ने

सांघाई । अमेरिकी कार निर्माता कम्पनी टेस्लाले चिनियाँ साझेदारहरूसँग मिलेर साङ्घाइमा मेगाप्याक ऊर्जा