अफगानिस्तानमा गीत बजाएको आरोपमा १४ जना पक्राउ



काबुल । अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित वाद्यवादन र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ।

तालिवान सरकारले सन् २०२१ मा सत्ता कब्जा गरेदेखि नै इस्लामी कानुनप्रतिको उनीहरूको कठोर दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने कानून र नियमहरू निरन्तर लागू गर्दै आएको छ।

प्रतिबन्धित गीत सङ्गितलाई सार्वजनिक रूपमा प्रत्यक्ष प्रदर्शनदेखि लिएर जमघटमा, रेस्टुरेन्टमा, कारमा वा रेडियो र टिभीमा बजाउनसमेत निषेध गरिएको छ ।

प्रहरीले एक विज्ञप्ति जारी गर्दै बिहीबार राति उत्तरी तखार प्रान्तको राजधानीमा ‘रातको समयको फाइदा उठाउँदै’ एक आवासीय घरमा भेला भई चौध जनाको एक समूहले बाजा बजाइरहेका थिए र गीत गाइरहेका थिए । प्रशासनले ती गीतले जनतामा अशान्ति पैदा गरेको आरोप लगाइएको छ ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताइएको छ । तालिबानले अफगानिस्थानको सत्ता आफ्नो कब्जामा लिएपछि अधिकारीहरूले सङ्गीत विद्यालयहरू बन्द गरेका थिए र सङ्गीतले ‘नैतिक भ्रष्टाचार’ र सार्वजनिक अशान्ति निम्त्याएको भन्दै वाद्ययन्त्र र ध्वनि प्रणालीहरू भाँच्ने फुटाउने वा जलाउने गरेका थिए।

विवाह घरहरूमा अहिलेसङ्गीत बजाउन अनुमति छैन तर अलग–अलग महिला समूहहरू प्रायः गोप्य रूपमा भेला भई गीत सङ्गीतको आनन्द लिने गर्छन् ।

अफगानिस्तानमा आफ्नो जीविकोपार्जन गुमाएपछि धेरै अफगानी सङ्गीतकर्मीहरू डरले वा कामको खोजीमा तालिवान प्रशाशित यस मुलुकबाट पलायन भएका छन् ।

तालिवान अधिकारीहरूले पूर्व सङ्गीतकारहरूलाई उनीहरूको अघिल्लो शासनमा १९९६–२००१ को शासनकालमा अनुमति दिइएको गीत सङ्गीत सिर्जना गर्न र आफ्नो प्रतिभालाई इस्लामी कवितातर्फ केन्द्रित गर्न वाश्लोकहरूमा इस्लाम मन्त्र समेट्न प्रोत्साहित गर्नेगरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुर्दिस लडाकू पिकेकेको विघटन, सशस्त्र सङ्घर्ष अन्त्यको घोषणा

इस्तानबुल । कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की

पाकिस्तानसँगको युद्धविरामपछि भारतका सबै विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहान्तको

अमेरिकी–इजरायली बन्धकको बदलामा युद्धविराम वा कैदीको रिहाइ हुने छैन : नेतन्याहु

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार हमासले घोषणा गरेको अमेरिकी–इजरायली बन्धकको रिहाइले

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

एएफपी । अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई परस्पर प्रतिद्वन्द्वी भारत र