अफगानिस्तानमा ‘थालासेमिया’ रोग बाट पीडित बालबालिकाको सङ्ख्यामा वृद्धि, सरकारद्वारा सहयोगको अपील
काबुल । अफगानिस्तानमा ‘थालासेमिया’ रोग भएका जम्मा पाँच हजार ३७२ जना बालबालिका दर्ता भइसकेको स्वास्थ्य सेवाका उपमन्त्री मावलावी अब्दुल वली हक्कानीले बताएका छन् ।
थालासेमिया एक आनुवंशिक रक्त विकार हो, जसमा शरीरले पर्याप्त मात्रामा स्वस्थ हेमोग्लोबिन उत्पादन गर्न सक्दैन । हेमोग्लोबिनले रगतमा अक्सिजन बोक्ने कार्य गर्छ र यसको कमीले एनीमिया (रक्तअल्पता) को समस्या उत्पन्न हुन्छ । थालासेमिया मुख्य रूपमा दुई प्रकारको हुन्छ ।
अल्फा र बेटा र यो बंशानुगत रूपमा आमाबुबाबाट सन्तानमा सर्छ । यस रोग भएका व्यक्तिहरूमा थकान, कमजोर शरीर, पीलो छाला, तथा हड्डी र अङ्गहरूको विकृति देखिन सक्छ र गम्भीर अवस्थामा नियमित रगत चढाउने आवश्यकता पर्न सक्छ ।
स्वास्थ्य मन्त्रालयले केही प्रान्तहरूमा परीक्षण केन्द्रहरू स्थापना गरेर यी बिरामीहरूको उपचारको व्यवस्था गरेको र सरकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहयोग गर्न आग्रह गरिरहेको छ ।
थालासेमिया रोग भएका गरिब परिवारका बालबालिकाले अफगानिस्तानमै उपचार गर्न सक्दैनन् ।