गाजामा सहायता रोकिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत



जेनेभा । अन्तर्राष्ट्रिय रेडक्रस समितिले गाजामा जारी द्वन्द्वका कारण उत्पन्न भइरहेको मानवीय अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै इजरायलद्वारा सबै प्रकारका मानवीय सहायता प्रवेशमा लगाइएको प्रतिबन्धलाई ‘अस्वीकार्य’ भएको बताएको छ ।

रेडक्रसका महासचिव पिएर क्राहेनबुहले जेनेभामा पत्रकार सम्मेलनमार्फत भने, “गाजा पट्टीमा मानवीय सहायता प्रवेश गर्न नदिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत हो र यो तत्काल परिवर्तन आवश्यक रहेको विषय हो ।”

उनले वर्तमान परिस्थिति अत्यन्तै नाजुक रहेको बताउँदै भने,“अबको केही दिन अत्यन्त निर्णायक छन् । हाम्रोमा सीमित औषधि तथा आवश्यक सामग्री रहेका छन्, जुन चाँडै समाप्त हुन सक्छ ।”

इजरायलले मार्च १८ देखि पुनः सैन्य कारबाही सुरु गरेपछि सहायता आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको हो । इजरायलले भने गाजामा मानवीय सङ्कटको अवस्थालाई अस्वीकार गर्दै हमासविरुद्ध थप कारबाहीको योजना बनाइरहेको बताइएको छ ।

महासचिव क्राहेनबुहले भने,“यदि अहिलेको अवस्था भविष्यको युद्धको नमूना हो भने, यसले हाम्रो मानवता र अन्तर्राष्ट्रिय मूल्यहरूमा गम्भीर प्रश्न खडा गर्छ । सबैले यस अवस्थालाई गम्भीरतापूर्वक लिनु जरुरी छ ।”

उनले सबै प्रकारका सहायता प्रयासहरूलाई सकारात्मक रूपमा हेर्न र सहयोग पुगोस् भन्ने आशयले अवरोध हटाउन आग्रह गरे । “गाजाको सिमानामा ठूलो परिमाणमा सहायता सामग्री तयार अवस्थामा रहेको छ, जुन तत्काल प्रवेश गराउन सकिनेछ,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

शाङ्हाई । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने

ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ‘गोल्डेन डोम’ योजना सार्वजनिक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि

गाजामा इजरायली नाकाबन्दी, कुपोषण र औषधिको अभावमा तीनसय भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा । गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी