८५ वर्ष पुरानो टिकटले जापानको एक्स्पो २०२५ मा प्रवेश



टोकियो। एक व्यक्तिलाई युद्ध बढ्दै गएपछि रद्द गरिएको सन् १९४० को कार्यक्रमको टिकटले जापानको वर्ल्ड एक्स्पोमा प्रवेश गराइएको आयोजकहरूले बताएका छन् ।

‘ग्रान्ड इन्टरनेशनल एक्स्पोजिुन अफ जापान’ टोकियोमा हुने कार्यक्रमका लागि टिकटहरू सन् १९३८ मा जारी गरिएको थियो, तर जापान दोस्रो विश्वयुद्धमा संलग्न भएपछि कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

पश्चिमी सहर ओसाकामा आयोजित एक्स्पो २०२५ का आयोजकहरूले एक वक्तव्यमा उनीहरूले सन् १९४० को कार्यक्रमको टिकटधारीहरूलाई प्रवेश दिने निर्णय गरेको बताएका छन् ।

उनीहरूले सोमबार पुरानो टिकटको सट्टामा एक्स्पो २०२५ का दुई दिने पास उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय सञ्चार माध्यमले सन् १९४० को टिकटवाला २५ वर्षीय फुमिया ताकेनावा रहेको जनाएको छ । उनी टोकियोमा बस्छन् तर ओसाकामा आफ्ना अभिभावकको घरमा घुम्न आएका थिए ।

ताकेनावा एक्स्पो–सम्बन्धित स्मारिकाका सङ्ग्रहकर्ता हुन् र मार्चमा उनले अनलाइनमार्फत सन् १९४० को टिकट खरिद गरेको माइनिची शिम्बुन दैनिक र अन्य स्रोतहरूले उल्लेख गरेका छन् ।

उनीहरूले ताकेनावाको तस्बिर प्रकाशित गरेका छन् जसमा उनी मुस्कुराउँदै र विस्तृत रातो र कालो डिजाइन भएको पुरानो टिकट देखाउँदै छन् ।

पेरिसमा आइफेल टावर ल्याउने एक्स्पो वर्ल्ड्स फेयर सन् १८५१ मा लन्डनको क्रिस्टल प्यालेस प्रदर्शनीसँग सुरु भएको थियो र अब प्रत्येक पाँच वर्षमा विभिन्न स्थानमा आयोजना गरिन्छ ।

जापानमा अघिल्लो एक्स्पोहरू – सन् १९७० मा ओसाकामा र सन् २००५ मा आइची क्षेत्रमा – ले सन् १९४० को घटनाका पासधारकलाई ‘आमन्त्रण टिकट’ दिने समान नीतिहरू राखेको एक्स्पो २०२५ का आयोजकहरूले बताएका छन् ।

ताकेनावा भनिएका व्यक्ति विशाल सेतो र रातो ‘टावर अफ द सन’ का प्रशंसक रहेको बताइएको छ । ‘टावर अफ द सन’ सन् १९७० को ओसाका एक्स्पोको प्रतीक हो र अझै पनि महानगरको एक पार्कमा उभिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतमा शरण खोज्ने आप्रबासीको सङ्ख्यामा वृद्धि

लण्डन । बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको

अमेरिकी विदेशमन्त्री भन्छन् -ट्रम्प र पुटिनबीच प्रत्यक्ष अन्तरक्रिया नभई रुस-युक्रेन वार्तामा प्रगति हुँदैन

बीबीसी । अमेरिकी विदेशमन्त्रीले टर्कीमा हुन लागेको युक्रेन–रुस शान्तिवार्ताप्रति आफ्नो धेरै अपेक्षा नरहेको

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

बर्लिन । जर्मनीको नयाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेको कुल गार्हस्थ्य

सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने

पेरिस । ट्रम्प प्रशासनले आप्रवासीमाथिको कारबाहीको नेतृत्व गरेका कारण संयुक्त राज्य अमेरिकाले यस