‘मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति’



संयुक्त राष्ट्र । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकासको प्रगति सन् १९९० यताकै सबैभन्दा सुस्त रहेको देखिएको छ।

संयुक्त राष्ट्रसंघीय महासचिवका उपप्रवक्ता फरहान हकले मंगलबार (स्थानीय समय) आयोजित नियमित पत्रकार सम्मेलनमा भने, ‘सन् २०२०–२०२१ को गम्भीर संकटपछि विश्वले अपेक्षाअनुसार द्रुत गतिमा सुधार गर्ने विश्वास गरिएको थियो, तर त्यो सम्भव हुन सकेन।’ उनले ‘विकल्पको कुराः कृत्रिम बुद्धिमत्ताको युगमा मानिस र सम्भावना’ शीर्षकको सन् २०२५ को मानव विकास प्रतिवेदन उद्धृत गरे।

प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपणअनुसार विश्वका सबै क्षेत्रहरूमा मानव विकास सूचकांकमा उल्लेखनीय सुधार नदेखिएको उल्लेख गरिएको छ। यदि यही अवस्था दीर्घकालीन रूपमा कायम रह्यो भने संसार अझ असुरक्षित, विभाजित र आर्थिक तथा वातावरणीय संकटहरूप्रति झनै संवेदनशील बन्ने सम्भावना रहेको चेतावनी दिइएको छ।

स्वास्थ्य, शिक्षा र आयजस्ता सूचकहरूमार्फत गरिएको विश्लेषणले कम विकास सूचकांक भएका मुलुक र उच्च सूचकांक भएका मुलुकहरूबिचको खाडल लगातार चौथो वर्ष पनि अझ फराकिलो बन्दै गएको देखाएको छ। विशेषतः न्यून सूचकांक भएका देशहरू व्यापारिक तनाव, ऋण संकट र प्रविधिमा आधारित बेरोजगार औद्योगिकीकरणका कारण थप समस्यामा परेका छन्।

यद्यपि, प्रतिवेदनमा गरिएको सर्वेक्षणअनुसार धेरैजसो नागरिकहरू कृत्रिम बुद्धिमत्ताको प्रभावप्रति यथार्थवादी, तर आशावादी दृष्टिकोण राख्ने देखिएका छन्। सर्वेक्षणमा सहभागी १० मध्ये ६ जनाले प्रविधिले रोजगार क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र भविष्यमा नयाँ प्रकारका रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको

बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।