भारत र पाकिस्तानबीचको तनाव घटाउन सहयोग गर्न बेलायत तयार



लन्डन । भारत र पाकिस्तानबीच तनाव कम गर्न दुवै देशलाई सहयोग गर्न तयार रहेको बेलायतले जनाएको छ ।

आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानमा दुई दशकयताकै सबैभन्दा तनावको अवस्था आएपछि बेलायतका व्यापारमन्त्री जोनाथन रेनोल्ड्सले सहयोग गर्न तयार रहेको बताएका हुन् ।

उनले भने, ‘हामी दुवै देशका मित्र र साझेदार हौँ । हामी दुवै देशलाई सहयोग गर्न तयार छौं । हाम्रो सन्देश के हुनेछ भने क्षेत्रीय स्थिरताका लागि वार्तामार्फत् तनाव कम गर्न र उनीहरूलाई सहयोग गर्न हामी सबै सम्भावित पहल गर्न सक्छौं र इच्छुक पनि छौँं ।’

पाकिस्तानी विदेश मन्त्रालयले ब्रिटिस नागरिकलाई भारत–पाकिस्तान सीमाको आठ किलोमिटर भित्र, नियन्त्रण रेखाको १६ किलोमिटरभित्र यात्रा नगर्न र सबैलाई पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा यात्रा नगर्न सल्लाह दिएको छ ।

‘हामीले स्थितिलाई नजिकबाट नियालिरहेका छौँ । बेलायती नागरिकहरूले हाम्रो यात्रा सल्लाहको साथ अद्यावधिक रहनुहुनेछ र स्थानीय अधिकारीहरूको सल्लाह पालन गर्नुहुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

वासिङ्टन । अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१

इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय

  तेहरान। इरानको सर्वोच्च अदालतले शनिबार तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

मस्को । सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

किएभ । उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी ड्रोन