युक्रेनद्वारा मस्कोलाई लक्षित गर्दै रातभर ड्रोन आक्रमण



किएभ । युक्रेनले लगातार दोस्रो रात मस्कोलाई लक्षित गर्दै रातभर ड्रोन आक्रमण गरेको छ । रुसको उड्डयन निगरानी गर्ने संस्था रोसाभियाट्सियाले सुरक्षा सुनिश्चित गर्न राजधानीका चारै प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको छ ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा कम्तिमा १९ वटा युक्रेनी ड्रोनहरू विभिन्न दिशाबाट शहर पुग्नु अघि नै नष्ट गरिएको उल्लेख गरेका छन् ।

उनले नष्ट गरिएका ड्रोनको केही भग्नावशेष शहरतिर जाने प्रमुख राजमार्गहरू मध्ये एकमा खसेको र कुनै हताहत नभएको बताएका छन् ।

युक्रेनले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन । तर युक्रेनी शहर खार्किभका मेयरले रुसले रातारात शहर र किभ क्षेत्रमा ड्रोन आक्रमण गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल । अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार, पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान

जिहादीको आक्रमणमा नाइजेरियामा चार सैनिकको मृत्यु

नाइजेरिया । उत्तरपूर्वी नाइजेरियाको एक सैनिक शिविरमा इस्लामिक राज्य पश्चिम अफ्रिका प्रान्त (आइसडब्लुएप)

गाजामा खाद्यान्न नाकाबन्दी हटाउन इजरायललाई संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका राहत प्रमुख टम फ्लेचरले गाजामा जातीय नरसंहारको रोकथामका

वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको