मेक्सिकोमा अमेरिकी सैनिक पठाउने ट्रम्पको प्रस्ताव



वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागुऔषध तस्करी विरुद्ध लड्न मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामसँग फोनमा अमेरिकी सेना पठाउने प्रस्ताव राखेको पुष्टि गरेका छन्।

सेनबामले शनिबार एक सार्वजनिक कार्यक्रममा उनले आफ्नो देशमा अमेरिकी सेना पठाउने ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेको तर यसको सट्टा उनले नजिकको सहयोग र सूचना साझेदारीको प्रस्ताव गरेको खुलासा गरेका थिए ।

ट्रम्पले आइतबार पत्रकारहरूलाई कार्टेलहरू ‘डरलाग्दा मानिसहरू हुन् जसले दायाँ बायाँ मानिसहरूलाई मारिरहेका छन्’ भन्ने दाबी गर्दै आफूले सैनिक तैनाथीको प्रस्ताव गरेको ‘सत्य हो’ भने ।

“उनीहरूले लागुऔषध बेचेर र हाम्रा मानिसहरूलाई नष्ट गरेर धन कमाएका छन्, हामीले गत वर्ष तीन लाख मानिसलाई फेन्टानिल र लागुऔषधका कारण गुमाएका थियौँ”, ट्रम्पले भने, “यदि मेक्सिकोले कार्टेलहरूसँग मद्दत चाह्यो भने हामी भित्र गएर त्यसो गर्न पाउँदा सम्मानित हुनेछौँ । मैले उहाँलाई त्यही भनेँ । म भित्र गएर यसो गर्न पाउँदा सम्मानित हुनेछु ।”

ट्रम्पले मेक्सिकोमा भन्सार शुल्क लगाउने तर्कका रूपमा प्रयोग गर्दै मेक्सिकोले आप्रवासी र लागुऔषध, विशेष गरी फेन्टानिल, संयुक्त राज्य अमेरिकामा तस्करी रोक्न पर्याप्त काम नगरेको लामो समयदेखि गुनासो गर्दै आएका छन् ।

उनले अमेरिकाको दक्षिणी छिमेकी ‘पूर्ण रूपमा अपराधिक कार्टेलहरूको प्रभुत्वमा छ जसले हत्या, बलात्कार, यातना दिन्छन्’ भनेर मार्चको सुरुमा मेक्सिकालीहरूलाई क्रोधित बनाएका थिए ।

आइतबार ट्रम्पले सेनबामले गैर–राज्य सशस्त्र समूहहरूबाट प्रतिशोधको धम्कीमा सेनाको आफ्नो प्रस्तावलाई अस्वीकार गरेको दाबी गरे ।

“मेक्सिकोका राष्ट्रपति एउटी प्यारी महिला हुनुहुन्छ तर उहाँ कार्टेलहरूबाट यति डराउनुहुन्छ कि उहाँ सिधै सोच्न पनि सक्नुहुन्न”, ट्रम्पले पत्रकारहरूलाई भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी

‘हार्ट ल्याम्प’ कथा सङ्ग्रहका लागि भारतीय लेखकलाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार

लन्डन । भारतीय लेखिका, वकील र अभियानकर्मी बानु मुश्ताकले आफ्नो लघुकथा सङ्ग्रह ‘हार्ट

पाकिस्तानमा क्षयरोग लागेका हात्तीका लागि दैनिक ४०० चक्की औषधि

कराँची । पाकिस्तानमा चिकित्सक र पशु चिकित्सकहरूको एक टोलीले क्षयरोग (टिबी) बाट ग्रसित

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

टोकियो । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा भएको गल्तीले सार्वजनिक