कुख्यात अपराधी राख्ने आल्काट्राज जेल पुनः सञ्चालन गर्न ट्रम्पको आदेश



बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यालिफोर्नियाको तटपारि रहेको टापुमा अवस्थित पुरानो जेल आल्काट्राजलाई पुनः सञ्चालन र विस्तार गर्न आफूले सरकारलाई आदेश दिएको उल्लेख गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक सन्देश लेख्दै ट्रम्पले ‘लामो समयदेखि अमेरिका दुष्ट, हिंस्रक तथा पटके अपराधीहरूबाट पीडित भइरहेको’ बताए ।

आल्काट्राजको पुनः सञ्चालनले ‘कानुन, व्यवस्था र न्यायको प्रतीक’को काम गर्ने उनले बताए । उनले भने, ‘म आज ब्यू रो अफ प्रिजन, न्याय मन्त्रालय, सङ्घीय जाँच ब्यूरो तथा होमल्यान्ड सेक्युरिटीलाई उल्लेखनीय रूपमा विस्तारित र पुनर्निर्मित आल्काट्राजलाई पुनः सञ्चालनमा ल्याउन निर्देशन दिँदै छु, ।’

उक्त जेलमा अमेरिकाका सबभन्दा डरलाग्दा तथा हिंस्रक अपराधीलाई राखिने छ । आपराधिक गुटका आरोपित सदस्यहरूलाई एल साल्भाडोरका जेलमा पठाउने नीतिका कारण राष्ट्रपति ट्रम्प र अदालतबीच टकराब भइरहेको छ ।

मार्चमा उनले भेनेजुएलाली गुटका २ सयभन्दा धेरै आरोपित सदस्यहरूलाई त्यहाँ पठाइदिएका थिए । देशभित्रका अपराधीलाई समेत विदेशी जेलमा पठाइदिने टिप्पणी उनले गर्ने गरेका छन् । क्यालिफोर्निया राज्यको स्यान फ्रान्सिस्को सहरस्थित गोल्डन गेट ब्रिज नजिकै सानो टापुमा रहेको आल्काट्राज जेल सन् १९६३ मै बन्द गरिएको थियो ।

अहिले उक्त स्थल पर्यटकीय आकर्षणको रूपमा रहेको छ । सुरुमा नौसैनिक सुरक्षा किल्लाको रूपमा रहेको आल्काट्राजलाई बीसौँ शताब्दीको प्रारम्भमा पुनर्निर्माण गरियो र एक सैन्य कारागारका रूपमा स्थापित गरियो ।

सन् १९३०को दशक ताका उक्त जेलको सञ्चालनको जिम्मा न्याय मन्त्रालयले लिएको थियो र उसले सङ्घीय कारागारमा रहेका दोषीहरूलाई त्यहाँ राख्न थालेको थियो । उक्त जेलका केही कुख्यात बन्दीहरूमा ग्याङ्गस्टर अल क्यापोन, मिकी कोहेन र जोर्ज ‘मेशिन गन’ केली थिए ।

सन् १९६२ मा बनेको बर्ट ल्याङ्क्यास्टर अभिनीत चलचित्र ’बर्डम्यान अफ आल्काट्राज’ले सो जेल झन् चर्चित बन्यो ।

उक्त चलचित्र हत्यामा दोषी ठहर भएका रोबर्ट स्ट्रडको कहानीमा आधारित थियो जसले उक्त जेलमा आजीवन कारावासको सजाय भोग्दै गर्दा चराहरूको अवलोकनमा रुचि राखे र कालान्तरमा एक चरा विज्ञ बन्न पुगे ।

त्यस्तै सन् १९९६ को चलचित्र ’द रक’ पनि त्यहीँ छायाङ्कन गरिएको थियो। सन कनरी र निकोलस केजले एक पूर्व एसएएस क्याप्टेन र एफबीआईका रसायनविद्को भूमिका खेलेका उक्त चलचित्रमा आल्काट्राज टापुबाट उद्धार गरिएको कहानी छ ।

तर सञ्चालन गर्न निकै महँगो भएकाले सो जेल बन्द गरिएको सङ्घीय जेल ब्यूरोको वेबसाइटमा उल्लेख गरिएको छ । छुट्टै टापुमा रहेकाले अन्य सङ्घीय जेलको तुलनामा त्यसको सञ्चालन खर्च तीन गुना धेरै भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल । अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार, पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान

जिहादीको आक्रमणमा नाइजेरियामा चार सैनिकको मृत्यु

नाइजेरिया । उत्तरपूर्वी नाइजेरियाको एक सैनिक शिविरमा इस्लामिक राज्य पश्चिम अफ्रिका प्रान्त (आइसडब्लुएप)

गाजामा खाद्यान्न नाकाबन्दी हटाउन इजरायललाई संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका राहत प्रमुख टम फ्लेचरले गाजामा जातीय नरसंहारको रोकथामका

वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको