गाजामा इजरायली हवाई आक्रमणमा १६ जनाको मृत्यु



गाजा सिटी । इजरायली हवाई आक्रमणका कारण गाजामा कम्तीमा तीन बालबालिकासहित १६ जनाको मृत्यु भएको छ । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार भएको आक्रमणमा उनीहरूको हताहती भएको हो ।

नागरिक सुरक्षा प्रवक्ता महमुद बासालका अनुसार गाजा पट्टीको दक्षिणी क्षेत्रमा पर्ने खान युनिस गभर्नरेटमा रातभरि भएका आक्रमणमा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच र दुई वर्षका दुई बालक अल–मावासी क्षेत्रमा रहेको एक अपार्टमेन्टमा थिए ।

पछिल्लो विवरणअनुसार सोही अल–मावासी क्षेत्रमा एउटा पालमाथि गरिएको आक्रमणमा थप १० जनाको मृत्यु भएको छ, जसमा एक बालक र सात महिला परेका छन् ।

इजरायली सेनाले घटनाबारे हालसम्म कुनै आधिकारिक टिप्पणी दिएको छैन । समाचार समिति एएफपीका अनुसार प्रवक्ताले विवरण सङ्कलन भइरहेको जानकारी दिएका थिए ।

सेनाले बिहान जारी गरेको वक्तव्यमा दुई दिनमा गाजा क्षेत्रमा सयभन्दा बढी आतङ्ककारी लक्ष्यहरूमा आक्रमण गरिएको बताइएको छ । वक्तव्यअनुसार केही हतियार गोदाम फेला पारिएको र केही लडाकुहरूलाई मारिएको दाबी गरिएको छ ।

इजरायलले १८ मार्चबाट दुई महिनाको युद्धविरामपछि पुनः गाजामा सैन्य कारबाही सुरु गरेको हो । यो द्वन्द्व हमासले ७ अक्टोबर ०२३ मा इजरायली भूमिमा गरेको आक्रमणपछि सुरु भएको थियो ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमण पुनः सुरु भएदेखि हालसम्म दुई हजार ४३६ जना नागरिकको मृत्यु भइसकेको छ । कुल मृतक संख्या ५२ हजार ५३५ पुगेको छ ।

इजरायलले हाल गाजामा मानवीय सहायता आपूर्ति रोकिदिएको छ । इजरायली पक्षका अनुसार नाकाबन्दीको उद्देश्य बन्धक मुक्त गर्न दवाब सिर्जना गर्नु हो । संयुक्त राष्ट्रसङ्घका निकायहरूले इजरायललाई नाकाबन्दी हटाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतमा शरण खोज्ने आप्रबासीको सङ्ख्यामा वृद्धि

लण्डन । बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको

अमेरिकी विदेशमन्त्री भन्छन् -ट्रम्प र पुटिनबीच प्रत्यक्ष अन्तरक्रिया नभई रुस-युक्रेन वार्तामा प्रगति हुँदैन

बीबीसी । अमेरिकी विदेशमन्त्रीले टर्कीमा हुन लागेको युक्रेन–रुस शान्तिवार्ताप्रति आफ्नो धेरै अपेक्षा नरहेको

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

बर्लिन । जर्मनीको नयाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेको कुल गार्हस्थ्य

सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने

पेरिस । ट्रम्प प्रशासनले आप्रवासीमाथिको कारबाहीको नेतृत्व गरेका कारण संयुक्त राज्य अमेरिकाले यस