संयुक्त राष्ट्रसङ्घका दूतद्वारा सिरियामाथिको आक्रमण तुरुन्त रोक्न इजरायललाई आग्रह



दमास्कस । संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेयर पेडरसनले इजरायल सरकारलाई सिरियामाथि भइरहेका हवाई आक्रमणहरू तत्काल रोक्न अनुरोध गरेका छन् । हालै दमास्कसको राष्ट्रपति भवन नजिक आक्रमण भएपछि उनले उक्त गतिविधिले क्षेत्रीय शान्ति र स्थायित्वमा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गरेका हुन् ।

इजरायलले सिरियाको डुज समुदायलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले आफ्नो सैनिक उपस्थिति बढाएको बताएको छ । मानव अधिकार निगरानी संस्थाले विशेषगरी यस हप्ता देखिएको सांप्रदायिक हिंसात्मक घटनाहरूमा ११९ जनाको ज्यान गएको जनाएको छ, जसमा धेरैजसो डुज समुदायका सदस्यहरू रहेका छन् ।

सन् २०२४ को अन्त्यमा पूर्वराष्ट्रपति बशर अल–असदलाई हटाएर सत्ता सम्हालेका नयाँ सिरियाली नेतृत्वले समावेशी शासनको प्रतिबद्धता जनाएका छन्, यद्यपि उनीहरूलाई आन्तरिक चुनौतीको सामना गर्नुपरेको देखिन्छ ।

“सिरियाको सार्वभौमिकता र क्षेत्रीय अखण्डता माथि भइरहेका आक्रमणहरू प्रति गहिरो चिन्ता व्यक्त गर्दै म इजरायल सरकारसँग यस्ता सैन्य गतिविधिहरू तत्काल रोकिने अपेक्षा राख्दछु,” पेडरसनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन् ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले शुक्रबार राति सिरियाका विभिन्न स्थानमा इजरायलबाट गरिएको २० भन्दा बढी हवाई आक्रमणलाई यो वर्षकै सबैभन्दा गम्भीर आक्रमण भनेको छ ।

सिरियाली समाचार संस्था सानाले आक्रमणका क्रममा एक सर्वसाधारण नागरिकको निधन भएको जानकारी दिएको छ । इजरायली सेनाले केही सैन्य पूर्वाधार र हवाई सुरक्षा प्रणालीहरूलाई लक्षित गरी कारबाही गरिएको उल्लेख गरेको छ ।

यसै सन्दर्भमा, इजरायली प्रधानमन्त्री तथा रक्षा मन्त्रीद्वयले डुज समुदायको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । दक्षिण सिरियामा सुरक्षात्मक तैनाथी गरिएको जनाइएको छ, यद्यपि त्यहाँ इजरायली फौजको उपस्थिति आधिकारिक रूपमा पुष्टि भइसकेको छैन ।

स्वेइदा प्रान्तका एक डुज अधिकारीले वर्तमान अवस्थामा इजरायली सैनिक नदेखिएको जानकारी दिनुभएको छ । यसैबीच, केही घाइते डुज नागरिकलाई उपचारका लागि इजरायलमा स्थानान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका। बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु

इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

जकार्ता  । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार बिहान म्याद

कुर्दिस लडाकू पिकेकेको विघटन, सशस्त्र सङ्घर्ष अन्त्यको घोषणा

इस्तानबुल । कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की

पाकिस्तानसँगको युद्धविरामपछि भारतका सबै विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहान्तको