अन्तरिक्ष अनुसन्धानः मानव स्वास्थ्य र प्रविधिमा नयाँ सम्भावनाको ढोका



बेइजिङ । चीनको तियानगोंग अन्तरिक्ष केन्द्रमा गरिएको २५ वटा वैज्ञानिक परीक्षणबाट जम्मा करिब ३७ किलोभन्दा बढी नमूना बुधबार पृथ्वीमा ल्याइएको छ।

यी सामग्रीहरू शेन्जोउ–१९ नामको यानमार्फत ल्याइएका हुन्। यो आठौँ पटक अन्तरिक्षबाट यस्तो नमूना ल्याइएको हो। चीनको विज्ञान प्रतिष्ठानका अनुसार, यी नमूनाहरू जीवन विज्ञान, नयाँ प्रविधि र पदार्थसम्बन्धी प्रयोगहरूबाट सङ्कलन गरिएका हुन्।

जीवन विज्ञानसँग सम्बन्धित केही नमूना अति संवेदनशील भएकाले तिनलाई तुरुन्तै अवतरणस्थलबाट बेइजिङ ल्याइएको हो। बुधबार राति जाँचपछि वैज्ञानिकहरूलाई थप अनुसन्धानका लागि हस्तान्तरण गरिएको छ।

यस पटक २० प्रकारका जैविक नमूना फर्काइएको छ, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो। यसमा हड्डीका कोष, मानिसका मूल कोष, मानिस र जनावरका भ्रूण, प्रोटिन तथा झिँगाहरू रहेका छन्।

वैज्ञानिकहरूले यी नमूनाबाट गुरुत्व नभएको अवस्थामा शरीरमा पर्ने असर, हड्डी कमजोर हुने कारण, कोषको वृद्धि, क्यान्सरको सम्भावना र अन्य स्वास्थ्यसँग सम्बन्धित विषयहरूबारे अध्ययन गर्ने योजना बनाएका छन्।

झिँगामाथि गरिने अध्ययनले अन्तरिक्षको फरक वातावरणमा जीवले कसरी बाँच्ने क्षमता बनाउँछ भन्ने बुझ्न मद्दत गर्नेछ।

यी अनुसन्धानहरूले अन्तरिक्ष यात्राका क्रममा मानिसको स्वास्थ्य जोगाउनका साथै पृथ्वीमा गरिने उपचार र अनुसन्धानमा पनि उपयोगी हुने अपेक्षा गरिएको छ।

यी अध्ययनहरूले भविष्यका अन्तरिक्ष यात्रा, चन्द्र सतहमा संरचना बनाउने काम र विशेष सामग्रीको विकासमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

वासिङ्टन । अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१

इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय

  तेहरान। इरानको सर्वोच्च अदालतले शनिबार तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

मस्को । सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

किएभ । उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी ड्रोन