केदारनाथ धामको ढोका आजदेखि खुल्ने



उत्तराखण्ड । केदारनाथ धामको ढोका आजदेखि खुल्ने भएकाले भक्तजनको यात्राका क्रममा आवश्यक सवै सुरक्षाका उपायहरू अपनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रहरी उपरीक्षक अक्षय प्रह्लाद कोन्डेले भक्तजनको सुरक्षा आफूहरुको प्राथमिकता भएको बताए ।
“यो यात्रा यति ठूलो मात्रामा छ कि हाम्रो प्राथमिकता भक्तजनको सुरक्षा हो। सुरक्षा र व्यवस्थापन दुवै प्रयोजनका लागि उचित सुरक्षाकर्मी परिचालन गरिएको छ,” उनले भने ।

प्रमुख कार्यकारी अधिकृत बद्री केदार मन्दिर समितिका प्रमुख कार्यकारी अधिकृत विले थपलियालले भने, ’भोलि बाबा केदारनाथ धामको ढोका खुल्ने शुभ दिन हो । यसपालि हामीले भव्य तयारी गरेका छौँ ।”

केदारनाथ धामको ढोकाका रुपमा १३ क्विन्टल फूलले भगवान केदारनाथ मन्दिरलाई सजाइएको छ । बाबा केदारनाथको मूर्ति मे १ मा केदारनाथ धाममा आइपुगेपछि मे २ बिहान ७ बजेदेखि भक्तजनका लागि मन्दिरको ढोका खुल्नेछ ।

यसैबीच, सन् २०२५ को श्री केदारनाथ धाम यात्राका लागि उत्तराखण्डको सोनप्रयागबाट हेलिकप्टर सेवा सुरु भएको छ।

हेलिकप्टर अपरेटर पवन राणाले भने, “आईआरसीटीसीमा अनलाइन टिकट उपलब्ध छ, अफलाइन टिकट जिल्ला मजिस्ट्रेट वा सेक्टर मजिस्ट्रेटमार्फत प्राप्त गर्न सकिन्छ। हामी दैनिक २० देखि ३० उडान सञ्चालन गर्छौं र यसबाट १५० भन्दा बढी तीर्थयात्रीलाई सेवा दिनेछौँ।”

उनले उडान सञ्चालन मौसमको अवस्थाको अधीनमा रहेको बताए । उनले भने, “मौसम सफा भयो भने दैनिक २५ देखि ३० वटासम्म उडान गर्न सकिन्छ । खराब मौसमको अवस्थामा टिकट रद्द गरी पैसा फिर्ता गरिनेछ । यात्री सुरक्षा प्राथमिकता छ। सुरक्षा व्यवस्था मिलाइएको छ र हरेक यात्रुलाई उडान गर्नुअघि उचित जानकारी दिइनेछ।

दैनिक १५० को हाराहारीमा हेलिकप्टरमार्फत् केदारधाम यात्राका लागि अनलाइन बुकिङ हुने गरेको र एक महिनाका लागि अग्रिम बुकिङ खुला रहेको राणाले जानकारी दिए ।

अक्षय तृतीयाको पावन अवसरमा वैदिक मन्त्रोच्चारण र पूजाआजासहित गंगोत्री र यमुनोत्री धामको ढोका भक्तजनका लागि बुधबार खुला गरिएको छ । यससँगै उत्तराखण्डको चारधाम यात्रा सन् २०२५ को औपचारिक सुरुवात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेक्सिकोमा सवारी दुर्घटनामा कम्तिमा २१ जनाको मृत्यु

बीबीसी । मध्य मेक्सिकोमा भएको सवारी दुर्घटनामा कम्तिमा २१ जनाको मृत्यु भएको छ

पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल । अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार, पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान

जिहादीको आक्रमणमा नाइजेरियामा चार सैनिकको मृत्यु

नाइजेरिया । उत्तरपूर्वी नाइजेरियाको एक सैनिक शिविरमा इस्लामिक राज्य पश्चिम अफ्रिका प्रान्त (आइसडब्लुएप)

गाजामा खाद्यान्न नाकाबन्दी हटाउन इजरायललाई संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका राहत प्रमुख टम फ्लेचरले गाजामा जातीय नरसंहारको रोकथामका