अख्तियारद्वारा सडक डिभिजनका प्रमुख चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न आयोजनाको ‘मोबिलाइजेसन’ खर्च दिने क्रममा सेवाग्रहीसँग ठूलो मात्रामा कमिसन लिएको आरोपमा सडक डिभिजन कार्यालय विराटनगरका सिनियिर डिभिजनल इन्जिनियर जितेन्द्रकुमार चौधरीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चौधरीले कार्यालय प्रमुखको भूमिकामा रहँदा स्वीकृत आयोजनाको मोविलाइजेशन खर्च भुक्तानीको लागि कमिसनबापत ३५ लाख गैरकानूनी रुपमा लिएको आयोगले आरोप लगाएको छ । निजले कमिसनबापत लिएको रकम श्रीमतीको बैंक खातामा जम्मा गर्न लगाएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यसैगरी आयोगले खानेपानी उपभोक्ता समितिको अध्यक्षसमेत आफै बनी, कीर्ते कागजपत्र बनाइ रकम हिनामिना गरेको आरोपमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका वडा नं ६ का वडाध्यक्ष कैलाश थापालगायत छ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।

वडाध्यक्ष थापाले मायाखोला खानेपानी मुहानलाई पैसा र पाइप खरिद गरेको खर्च देखाई रु ६ लाख हिनामिना गरेको आयोगले आरोप लगाएको छ । सोही घटनामा संलग्न उक्त गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिृकत निरन्जन पाख्रिन, तत्कालीन लेखापाल सुरेन्द्रबहादुर तितजुका, तत्कालीन असिस्टेन्ट सब–इन्जिनियर लिलबहादुर पाण्डे, सोही गाउँपालिकाको वडा नं ५ का बाबुलाल जोशी र दलबहादुर श्रेष्ठविरुद्ध पनि आरोपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरीद्वारा नौ लाख ४७ हजार मूल्य पर्ने कपडा बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले शुक्रबार भन्सार छली गरेर ल्याएको नौ लाख

कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा चिनियाँ जनमुक्ति सेनाले गरेको सहयोग अतुलनीयः प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली

आगामी दिनमा पूर्वराजालाई ‘श्री ५’ नलेख्ने शर्तमा ज्ञानेन्द्रका संवाद सचिव रिहा

काठमाडौं । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकलाई आगामी दिनमा

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन ।  पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। खैरहनी