छठ पर्वको आज खरना विधि गरिँदै



जनकपुरधाम । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।

खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सखर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ । गम्हरी चामलको अभावमा धानको चामलको प्रयोग गरिन्छ ।

कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ । खरनामा नैवेद्य चढाउने बेलामा जति वटा अघ्र्यदान गरिने हो, त्यति वटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ ।

यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, पान र सुपारी आदि राखिन्छन् । नैवेद्यलाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ । नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्ने चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन

बाँदरले सताएपछि उपभोक्ताले मागे भरुवा बन्दुक

तानसेन (पाल्पा) ।बाँदर आतङ्कले सताएपछि पाल्पाका वन उपभोक्ताले सरकारसँग भरुवा बन्दुक राख्न पाउनुपर्ने

लौका बेचर मासिक ४० हजार आम्दानी

इलाम। इलामको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक  ४० हजार आम्दानी