ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको २ लाख ४१ हजार ४ सय


काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको छ । मूल्य घटेसँगै चाँदी आज प्रतितोला ३ हजार ४० रुपैयाँमा झरेको छ ।