आफू एमालेमै रहेको सांसद वलीको स्पष्टोक्ति
काठमाडौं । केही दिनयता सम्पर्कविहीन भएकी भनिएकी दाङबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी वली खत्रीले आफू एमालेमा रहेको बताएकी छन् ।
सोमबार विज्ञप्ति जारी गरी दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख)बाट चुनाव जितेकी ओलीले आफू नेकपा एमालेमै रहेको बताएकी हुन् । आफू सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेको हुँदा माओवादी रोज्ने कुरा कानुनी रूपमा ठिक नभएकोले एमालेमा रहेको उनले स्पष्ट पारेकी छन् । केहीसमय यता उनी माओवादी नेताहरूको सम्पर्कमा आएकी थिइनन् । सँगै उनी एमालेमा प्रवेश गरेको भन्ने चर्चा भइरहेको थियो ।