ओलीले बोलाए केन्द्रीय कमिटी बैठक



काठमाडौं । आइतबार सहमति सार्वजनिक गर्ने तयारीका साथ बसेको नेकपा एमाले विवाद समाधान कार्यदलले साँझसम्म कुनै सहमति जुटाउन सकेन । आज सहमति भएमा स्थायी कमिटीबाट अनुमोन गराउने तयारी गरेर अपराह्न ४ बजेका लागि राखिएको स्थायी कमिटी बैठक सोमबारसम्मका लागि सारिएको छ ।

पार्टी केन्द्रीय कमिटीको बैठक भने असार २९ गते बिहान ११ बजेका लागि डाकिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहान ९ बजेदेखि रातिसम्म बसेको कार्यदल बैठकमा केके छलफल र सहमति भयो भन्नेबारेमा नेताहरुले खुलाएका छैनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले काम गरिरहेका बेला जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटनपछि एमालेमा विवाद बल्झिएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले दललाई २०७५ जेठ २ गतेका स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोइराला समूहको निष्कर्षः ०८४ र त्यसअघिको उपनिर्वाचनमा हुनसक्ने गठबन्धनका उम्मदेवार जिताउन कारबाही

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीका नेताहरुमाथि गरिएको कारबाही

गुरु अन्धकारबाट प्रकाशमा पुर्याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म

निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने पूर्वमन्त्रीदेखि निवर्तमान जिल्ला सभापतिसम्म कांग्रेसको कारबाहीमा

काठमाडौं । नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने २३

प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभामा ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत भएको छ । सभाको