सरकार कमिसन एजेण्टहरुको घेराउमा पर्दा खोप आएनः सांसद देव



काठमाडौं । राष्ट्रियसभाका सदस्य जितेन्द्र नारायण देवले सरकारको कुटनीतिक कमजोरीका कारण नेपालमा कोभिडविरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकमा उनले सरकार खोप ल्याउने कुरामा पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् । अपरिपक्क कुटनीतिका कारण सरकारका सबै कुटनीतिक प्रयासहरु असफल भएको उनले बताए ।

दक्षिण एशियाको सन्दर्भमा अमेरिकी सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्तर्गत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकतामा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिदै उनले नेपाल सरकार किन फेल भयो ? भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘नेपाल सरकार खोप ल्याउने कुरामा पूर्ण रुपमा फेल भएको स्थिति छ । कुटनीतिक प्रयासहरु फेल भएकोे छ । यो कसरी भयो किन फेल भयो ? ती देश र ती कम्पनीहरुसँगको नेपालको सम्बन्ध किन चिसो भयो ? नेपाल सरकारसँग किन डिल गर्न चाहेनन् । दक्षिण एशियाका ४ वटा देशहरुले ल्याउन सफल भए नेपालले ल्याउन सकेन । यो कुरा महसुस गर्ने कि नगर्ने ?’

उनले वर्तमान सरकार कमिसन एजेण्टहरुको घेराउमा परेको दाबी पनि गरे । उनले कमिसनमा कुरा नमिलेका कारण कोभिडशिल्ड खोप आउन नसकेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेखा र अर्थ समितिको दुईथरी निर्देशनले सेबोन अन्यौलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव

सात महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सात महिनापछि कार्यपालिका बैठक बोलाएका छन्

सरकारको नेतृत्व गरेदेखि अध्यक्ष ओलीको लोकप्रियता झनै बढ्योः महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको १०औंँ राष्ट्रिय महाधिवेशनले

हस्ताक्षरपछि मनिषाले भनिन्-पक्कै पनि रविमाथि राज्यबाट दुर्व्यवहार भइरहेको छ

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्रत पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर