मत बदर नहुने मतदाता शिक्षामा जोड दिनुपर्ने प्रमुख निर्वाचन आयुक्तको भनाई



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदातालाई मतदानमा समान सहभागिता र कुनै पनि मतपत्र बदर नहुने गराउन साक्षरता अभियान जरुरी भएको बताएका छन् ।

निर्वाचत आयोगको आयोजना र क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) का संयोजनमा आयोजित एकदिने ‘निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ भर्चुअल उद्घाटन गर्दै थपलियाले निर्वाचनमा एक मत पनि बदर नहुने गरी निर्वाचन साक्षरता अभियान जरुरी भएकामा जोड दिए ।

अध्यक्ष थपलियाले भने,“ निर्वाचन आयोग एक्लैले यो काम सम्भव छैन,यसमा सबैको सहकार्य जरुरी छ ।” निर्वाचनसम्बन्धी सूचनाको पहुँचमा सञ्चारमाध्यमको व्यापक प्रयोग गर्न तथा नागरिक आफैँले निर्णय गरेर मतदानमा सहभागी हुने वातावरण बनाउन जरुरी रहेको भन्दै उनले आधाभन्दा बढी जनसङ्ख्या रहेका महिला, जनजाति, सीमान्तकृत, साक्षरता तथा कम साक्षरता भएका ठाउँमा निर्वाचन शिक्षा जरुरी भएको बताए ।

आयोगको तथ्याङ्कानुसार देशभर करीब एक करोड ६५ लाख मतदाता छन् । त्यो अझै बढ्ने क्रममा छ । नेपालमा देशभर ६० प्रतिशत मत खस्ने गरेको छ । त्यसमध्ये पाँच प्रतिशतको हाराहारीमा बदर हुने गरेको छ । राष्ट्रियसभाको निर्वाचनमा भने १३ प्रतिशत बदर भएको देखिएको छ ।

सो अवसरमा आयोगका सदस्य डा जानकीकुमारी तुलाधरले मतदातालाई सुुसूचित गराउनका लागि महिला पत्रकारको महत्वपूर्ण भूमिका रहेको र त्यसका लागि सम्पादकीय र व्यवस्थापकीय स्थानमा तिनको सहभागिता हुनुपर्ने जरुरी रहेको बताइन् ।

डब्लुडब्लुजेका अध्यक्ष निर्मला आचार्यले निर्वाचनमा मत बदर नै नहुने गरी नागरिकलाई साक्षरता जनाउने र निर्वाचनका समाचारमा पत्रकार महिलाको पनि उल्लेख्य सहभागिता गराउने उद्देश्यले अभिमुखीकरण तामिलको आयोजना गरेको जानकारी गराइन् ।

तालीममा निर्वाचन आयोगका तर्फबाट तीन कार्यपत्र र डब्लुडब्लुजेका तर्फबाट एक कार्यपत्र प्रस्तुत हुनेछ । प्रत्येक प्रदेशबाट तीन/तीन गरी २१ पत्रकार महिला तथा आयोग र डब्ल्युडब्ल्युजेका गरी ४० जना तालीममा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जतिसुकै सिट सङ्ख्या भएपनि यो संविधान र लोकतान्त्रिक गणतन्त्रको माओवादी संस्थापन होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जतिसुकै सङ्ख्या भए पनि

भूमिसम्बन्धी विधेयकमा ‘लटरपटर’ नगरौं : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकलाई आजको संसदको कार्यसूचीबाट हटाउन

विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग

  काठमाडौँ । सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति

स्पेनमा प्रधानमन्त्री सहभागी कार्यक्रममा गएका केही मानिसहरू फर्किएनन्ः सांसद गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार पनि