लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री शर्माले दिइन् पदबाट राजीनामा



भैरहवा । जनता समाजवादी पार्टीका लुम्बनी प्रदेशसभा सदस्य एवं लुम्बिनी सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन् ।

जनता समाजवादी पार्टीको निर्णय विपरित महन्थ ठाकुर पक्षको उक्साहटमा राज्यमन्त्री बनेकी शर्माले पार्टीको समर्थन र सहयोग विना सरकारमा रही निरन्तरता दिन नसक्ने भएको जनाउदै राजीनामा दिएकी हुन् ।

शर्माको राजीनामाले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्वनी सरकार र जसपा ठाकुर महतो पक्षलाई झट्का लागेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले प्रलोभनमा परि पार्टी निर्णय विपरित गएकाहरु चाँडै घर फर्किने घोषणा गरे लगतै सुमनको राजीनामा आएको हो ।
जसपाको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगमा रहकै बेला ठाकुर महतो पक्षका नेता कार्यकर्ताहरु संस्थानपक्ष तिर आउन लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई वर्षे कार्यकाल र ७० वर्षे उमेर हद हटाउने प्रस्ताव एमाले सचिवालय बैठकबाट अनुमोदन(भिडियो)

काठमाडौं । नेकपा एमालेले दुई वर्षको कार्यकाल र ७० वर्षको उमेर हद हटाएको

एमालेमा वरिष्ठ उपाध्यक्ष नराख्ने, पदाधिकारी ११ मा सीमित गर्ने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल भएको

विधान विपरीत भएका निर्णयहरु सच्याउन पार्टी नेतृत्वलाई राप्रपाका चार नेताको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका चार नेताले विधानको खुल्लम खुल्ला उल्लंघन र स्वेच्छाचारी

रामवरण यादवले थिति बसाउन गरेको प्रयासलाई भण्डारीले उल्लंघन गर्नुभयोः प्रधानमन्त्री ओली

काठमाडैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीति गर्न लागेकोप्रति