एमालेको केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाल पक्ष अनुपस्थित
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित छ ।
दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी भएका छन् । त्यस्तै, बैठकमा पूर्व माओवादी नेताहरु पनि सहभागी भएका छन् ।
माधव नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुगेर बैठक रोक्न आग्रह गरेका थिए । तर प्रधानमन्त्रीले उनीहरुको आग्रहलाई वेवास्ता गरेका छन् ।