राजसंस्था, हिन्दुराष्ट्रको लक्ष्य प्राप्त गर्न राप्रपा जनताको मनमा बस्न जरुरी छ : नेता लावती



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले राप्रपाको निरन्तरता र बृहत्तर हितका लागि विधिमा अडेर महाधिवेशनबाट विश्वसनीय नेतृत्व चयन गर्नु पर्ने बताएका छन् ।

‘राजसंस्था, हिन्दुराष्ट्रको लक्ष्य प्राप्त गर्न राप्रपा जनताको मनमा बस्न जरुरी छ । हिजोको गल्ती सच्याउनु परेको छ । त्यसैले पार्टीको बृहत्तर हित र दीर्घ जीवन मध्यनजर गर्दै, विधिमा अडेर महाधिवेशनबाट विश्वनसीय नेतृत्व चयन गर्नु पर्दछ,’ राप्रपाका कार्यसम्पादन समिति सदस्य लावतीले भने ।

आन्तरिक प्रजातन्त्र सुनिश्चित गर्न र राप्रपाप्रति जनतामा रहेको शंका, उपशंका दूर गर्न पार्टीका सबै तह र तप्काको जिम्मेवार भूमिका आवश्यक रहेको उनले बताए ।

‘नेपाल युवा देश हो । त्यसकारण बहुसंख्यक युवा जनमत आकर्षण गर्न राप्रपाले विशेष ध्यान दिनु पर्दछ,’ नेता लावतीले भने । ‘युवा र महिलालाई समेट्न पार्टीले कुनै कसर बाँकि राख्न हुँदैन ।’ एक टेलिभिजन कार्यक्रममा बोल्दै राप्रपाका युवा नेता लावतीले सो विचार व्यक्त गरेका हुन् ।

महाधिवेशनको सन्दर्भमा नेतृत्व हस्तान्तरणको बहस राप्रपा भित्र जारी रहेको स्वीकार गर्दै लावतीले युवा उर्जाको यथेष्ट उपयोग र सम्मान हुनु पर्ने जिकिर गरे । दोस्रो पुस्ताको बहसबाट पार्टी पछि फर्कने नसक्ने उनको भनाइ थियो । अर्को एक प्रसंगमा नेपालको सार्वभौमिकता, राष्ट्रियता र प्रजातन्त्र सुढृद गर्न राजसंस्थाको अपरिहार्यतालाई स्वीकार गर्नु पर्ने बताए ।

‘सकारात्मक शान्ति, धर्म, सँस्कृति, परम्परा र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न राजसंस्थाको आवश्यकता देशव्यापी महसुस भएको छ । नेपालको सार्वभौमिकता, राष्ट्रियता र प्रजातन्त्रसमेत सुढृद गर्न राजसंस्थाको अपरिहार्यता स्वीकार गर्नु पर्ने अवस्था छ,’ लावतीले भने ।

‘देशमा राजसंस्था चाहिएको छ, हिजो भएको गल्ती सच्याउनु परेको छ । विकसित घटनाक्रमले यही अवस्था चित्रण गरेको छ,’ उनले भने । ‘सुर्यलाई हत्केलाले कति दिन छेक्ने ?’

शान्ति प्रक्रियाको आरम्भबाटै संरचनागत त्रुटी भएको उनको भनाइ थियो ।

‘राजसंस्था अर्थात् दरबार, संसदवादी शक्ति र माओवादीबीच त्रिपक्षीय द्वन्द्व थियो । तर शान्ति प्रक्रियामा द्वन्द्वको एक पक्ष, राजसंस्थालाई समावेश गरिएन । सोही संरचनागत त्रुटीको प्रतिफल नेपालमा सकारात्मक शान्ति प्राप्त भएन,’ लावतीले भने ।

सकारात्मक शान्ति, नयाँ नेपाल, समावेशिता, समृद्धि र पहिचान केही पनि बाचा गरे अनुसार पूरा नभएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाका वरिष्ठ नेता पशुपति शम्सेर जबरालाई जनसम्मान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक एवं वरिष्ठ राजनीतिज्ञ पशुपति शम्शेर

मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्छुः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौं। ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’

सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक हुन्छ

-डा. बाबुराम भट्टराई । माओवादी आन्दोलनसँग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूवीच