सरकारी डिजिटल डाटाको सुरक्षामा ध्यान दिन संचारमन्त्रीको निर्देशन



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले सरकारी डिजिटल डाटाको सुरक्षामा विशेष ध्यान दिन राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई निर्देशन दिएकी छन् । सिंहदरबारस्थित केन्द्रको कार्यालयको निरीक्षणका क्रममा मन्त्री थापाले सरकारी तथ्याङ्कको सुरक्षाको प्रश्न राष्ट्रियतासँग जोडिएकाले गोपनीयतामा कुनै सम्झौता गर्न नहुने बताइन् ।

उनले सूचना प्रविधिका क्षेत्रमा लगानी बढाइने बताउँदै प्रविधि केन्द्रलाई मन्त्रालयका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा सञ्चार सचिव हरिप्रसाद बस्यालले प्रविधि केन्द्रलाई क्षमता विस्तारको योजना बनाउन निर्देशन दिए । केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले केन्द्रको कार्यक्रम र भावी योजनाबारे मन्त्रीलाई जानकारी गराएका थिए ।

मन्त्री थापाले यसअघि नेपाल टेलिभिजन, हुलाक सेवा विभाग, विज्ञापन बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिलगायत मन्त्रालयअन्तर्गतका निकायमा अनुगमन गरी निर्देशन दिएका थिए । मन्त्री थापाले नेपाल पत्रकार महासङ्घको पनि अनुगमन भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले

भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा

जिम्मेवारी नपाएर बाहिर रहेका नेताहलाई अविलम्ब जिम्मेवारी दिन पार्टी नेतृत्वसँग अनुरोध गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानले जनतासँग पार्टी र कार्यकर्तासँग

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ । सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेस भएको छ