दुई घण्टा ढिलोगरी एमाले संसदीय दलको बैठक सुरु, माधव नेपाल पक्ष आएन



काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको भएपनि दुई घण्टा ढिलो सुरु भएको छ ।

माधव नेपाल पक्षले भने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक बहिष्कार गरेको छ । फागुन २८ गते अध्यक्ष ओलीले अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारीको जिम्मेवारी खोसेर नेकपा माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेपछि एमालेमा विवाद बढेको छ ।

पार्टीको विधानविपरीत पदाधिकारीको जिम्मेवारी खोसिएको भन्दै नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ । यही समयमा ओलीले संसदीय दलको बैठक राखेपछि नेपाल पक्षले बहिस्कार गरेको हो । नेपाल पक्षले फागुन २८ को निर्णय फिर्ता नलिई कुनै पनि बैठकमा सहभागी नहुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मदन भण्डारी फाउण्डेशनले आन्दोलनको नाममा काम गर्छ कि ठगी खाने भाँडो हुन्छ, हेर्नुपर्ने छः प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशनका

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीले नेपालगञ्ज–नयाँ

सन्तानको आमा नै पहिलो संरक्षक हुने भएकाले नागरिकतामा आमालाई नै जिम्मेवार बनाइएको होः गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येयका साथ

खर्च कटौती अभियानमा गण्डकी प्रदेश सरकारः सात निर्देशनालय र दुई केन्द्र खारेज, एक सय ८५ कर्मचारी दरबन्दी कटौती

गण्डकी । गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका विभिन्न सातवटा निर्देशनालय र दुई वटा