राप्रपा अध्यक्षद्वय थापा र लोहनीद्वारा लिङ्गदेनको स्वास्थ्य अवस्थाबारे जानकारी



काठमाडौं । अस्वस्थ भई मेडिसिटी अस्पतालमा उपचारार्थ राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन् । अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज बास्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।

अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्ग्देनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएको छ । पुनः कोभिड परीक्षणका लागि स्वाब लिईसकिएको छ । अस्पताल श्रोतका अनुसार अहिले लिङ्गदेनलाई अक्सिजन दिन परेको छैन ।

अध्यक्ष थापा पार्टी कार्यक्रमको सिलसिलामा गृहजिल्ला मकवानपुर थिए । आज काठमाडौं फर्किने क्रममा अध्यक्ष थापा मेडिसिटी अस्पताल पुग्नुभएको र पार्टी अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी पनि अस्पताल पुगेर लिङ्देनको स्वास्थ अवस्था बुझ्न अस्पताल पुग्नुभएको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा विमाननस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमाननस्थललाई दिगो

प्रचण्डको प्रश्नमा ओलीले दिए फेसबुकबाट यस्तो जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष

दुनियाँले हेरेको छ-हाम्रो अदालतको कार्यशैली कस्तो छः प्रचण्ड(सम्बोधनको पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन

संविधान संशोधनका लागि सरकार तयार भए बहुमत जुटाउने जिम्मा प्रचण्डले लिने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनको एक दशक