सभामुख सापकोटाको आँखाको शल्यक्रिया
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको बुधबार मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा अस्पतालमा सभामुखको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले सभामुखको आँखाको शल्यक्रिया गरेको हो ।
केही समययता उनको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा बुधबार शल्यक्रिया गरिएको हो ।
उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेेगरी सभामुख सापकोटा स्वयम्ले व्यहोरेका छन् । शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहेका छन् । सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको चिकित्सकको टोली र सिंगो तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।