विजय खड्कासहित राप्रपामा दोलखाबाट चार जना केन्द्रीय सदस्य



काठमाडौं । राप्रपाको विधान वमोजिम पार्टी एकीकरणको भावना र मर्म अनुसार बिहीबार गठित केन्द्रीय कार्य समितिमा दोलखावाट ४ जना नेताहरू केन्द्रीय सदस्यमा पर्न सफल भएका छन् ।

चार जनामध्ये विजय खड्का पार्टीका जिल्ला तहदेखि नेतृत्व गरेर खारिएर आएका युवा व्यक्तित्व हुन् । उनी हाल राप्रपा प्रवास विभाग प्रमुखको जिम्मेवारीमा समेत छन् ।

उनको दोलखा जिल्लामा समेत प्रभावशाली उपस्थिति रहेको छ । प्रवासमा राप्रपाको संगठन निर्माणमा उनको महत्वपूर्ण भूमिका रहेको छ । राजनीतिको अतिरिक्त खेलकुद र समाजिक क्षेत्रमा उनको नेतृत्वदायी भूमिका छ । अर्का केन्द्रीय सदस्य सुन्दरप्रकाश खड्का जिल्लाका पुराना र खारिएका नेता हुन् ।

उनी पूर्वजिविस सभापति र राप्रपा दोलखाका अध्यक्ष समेत रहिसकेका नेता हुन् । केन्द्रीय सदस्यमा नियुक्त शोभित उप्रेती वौद्धिक छविका नेता र व्यापारिक पृष्ठभूमिका व्यक्तित्व हुन् । पार्टीलाई पर्ने आर्थिक कठिनाइहरूमा उनले मद्दत गर्दै आएका छन् । प्रवीण थोकर विद्यार्थी राजनीतिवाट अगाडि वढेका नेता हुन् ।

जनजाति र युवाहरूमा वलियो पकड राख्ने थोकर जिल्लाको दक्षिणी क्षेत्रको प्रतिनिधित्व गर्छन् । उनी राप्रविसंका पूर्वमहासचिव र दोलखा १ का क्षेत्रीय अध्यक्ष समेत रहिसकेका छन् । यो नेतृत्वले दोलखा जिल्लामा राप्रपाको प्रभावकारी उपस्थिति देखाउने कुरामा दोलखाली जनता तथा राप्रपा दोलखाका नेता कार्यकर्ता विश्वस्त छन् । विगतमा राप्रपाको राम्रो संगठन रहेको दोलखामा केही समय संगठनमा शिथिलता पछि अहिले तिव्र संगठन निर्माण हुने क्रममा छ ।

नेता कार्यकर्ता उत्साहित छन् । यो कार्यसमितिमा पूर्व केन्द्रीय सदस्यहरू बलवहादुर केसी तथा तीर्थवहादुर केसी समेटिएका छैनन् । राप्रपा सुत्रको अनुसार पछिल्लो केन्द्रीय कार्यसमिति विस्तारमा उनीहरू समेत समेटिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छः अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले विकास निर्माणको सबै काम प्रदेश

नारायणकाजीको प्रस्तावः सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक

सरकारको सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छः सांसद गिरी

  काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार