प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । साँझ पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने र साढे पाँच बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । कोरोना महामारी तथा भारतसँगको सीमा विवादलगायत सम्बोधनको विषय हुने बताइएको छ ।