गणेश पराजुली रास्वपा संसदीय दलको उपनेता चयन


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकले पराजुलीलाई उपनेता चयन गरेको रास्वपा सभापति रवि लामिछानेले जानकारी दिएका छन् ।

यस्तै, संसदीय दलको मुख्य सचेतकमा महामन्त्री कविन्द्र बुर्लाकोटी चयन भएका छन् भने सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरिएको छ ।