अमेरिकाबाट अनुदानप्राप्त खोप लगाउन सुरु, प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको अनुगमन



काठमाडौं । अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यको शुभारम्भ गरिएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप अभियानको शुभारम्भ गरेका हुन् ।

अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो । यो खोप एक डोजमात्र लगाए पुग्छ ।

यो खोप आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको कोरोना खोप लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङको ऐतिहासिक मानवनिर्मित गुफा

मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ ढाक्मरगाउँ नजिकै रहेको जियोपार्क अन्तर्गत रहेको मानवनिर्मित गुफा । राताम्मे

बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

भक्तपुर । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस

चरोमुसोले पनि नपढ्ने कोर्स पढ्न १५-२० लाख खर्चेर विदेश आउनु बुद्धिमानी होइन

-नारायण गाउँले । कृपया तीन पल्ट सोच्नुहोला । पहिलो त शारीरिक र मानसिक

बाढीले बगायो बागलुङको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र