बैतडीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



बैतडी । बैतडीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको मंगलबार मृत्यु भएसँगै बैतडीमा मृतकको सङ्ख्या १८ पुगेको हो । दशरथचन्द नगरपालिका–५ का ८२ वर्षीय वृद्धको आज मृत्यु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख वसन्तराज जोशीले जानकारी दिए ।

गएको जेठ २६ गते ती वृद्धमा कोरोना पुष्टि भई जिल्ला अस्पतालमा उपचार भईरहेको थियो । यसैबीच अहिले जिल्लामा दैनिक सङ्क्रमणदर घट्दै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । जिल्लामा ६८ जना मात्रै सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता बिनिता चौधरीले बताइन् ।

सक्रिय सङ्क्रमितमध्ये दशरथचन्द नगरपालिकामा १७, सुर्नया गाउँपालिकामा १४, दोगडाकेदार गाउँपालिकामा ११, पाटन नगरपालिकामा ११, र मेलौली नगरपालिकामा छ जना रहेका छन् । यस्तै पञ्चेश्वर गाउँपालिकामा चार, शिवनाथ गाउँपालिकामा चार, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा एक/एक जना सक्रिय सङ्क्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन २५ प्रतिशतले वृद्धि

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थक वर्ष २०८०/८१ को तुलनामा गत

जोमसोमदेखि धार्काजुङसम्म आठ किलोमिटर लामो साइकल ट्रेल निर्माण

मुस्ताङ। मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ। पर्यटन

चितवनमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर । चितवनमा ट्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । रत्ननगर

सुरुमा गति लिएपनि अहिले सरकार बरालियोः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत