स्वास्थ्य मन्त्रालयले जारी गर्यो चाडपर्व मनाउने मापदण्ड



काठमाडौं । स्वास्थ्य मन्त्रालयले चाडपर्वको समयमा सावधानी अपनाउन मापदण्ड जारी गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चाडपर्वमा सावधानी अपनाउन मापदण्डबारे जानकारी गराएका हुन् ।

दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले भनेको छ । मापदण्ड अनुसार टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको एक जना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने छ । एउटै घरका व्यक्तिबाहेक अरूसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नु पर्ने मन्त्रालयले जनाएको छ ।

सकेसम्म घरको परिवार मात्रै बसेर चाडपर्व मनाउन आग्रह गरिएको छ । चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए मास्क अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको छ । धार्मिक स्थल तथा मेला पर्वमा २५ जना मात्रै भेला हुन पाउने तथा अभिवादन गर्दा टाढैबाट नमस्कार गर्न, अँगालो मार्न वा शरीर छुन पाइने छैन । देवीदेवताका मूर्तिहरू नछुन आग्रह गर्दै मन्त्रालयले सार्वजनिक स्थलमा नथुक्न भनेको छ ।

पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ । कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरूले घरपरिवारका व्यक्तिबाहेक अन्य बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागी नहुन भनेको स्वास्थ्य मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्केरी महिला र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई कुनै पनि कार्यक्रममा सहभागी नहुन वा सहभागी भए कार्यक्रम आयोजकले पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेमा जोड दिएको छ ।

भर्खरै सर्जरी गरेका, अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घरोगीहरु तथा पछिल्लो १५ दिनमा कुनै पनि रोगबाट निको भएका व्यक्तिहरूलाई भिडभाडमा नजानसमेत भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनका ४६ र भारतको एकसहित ४७ वटा हिमताल विस्फोटको जोखिममा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको

काठमाडौंमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक

राखेपलाई प्रधानमन्त्रीको निर्देशनः ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउनुस्

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि