मेलम्ची खानेपानी पाइपको प्राविधिक क्षमता विवरण उपलव्ध गराउन समितिको निर्देशन



काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले मेलम्चीको पानी सुन्दरीजलबाट सर्वसाधारणको घर–घरमा पुर्याउनका लागि जडान भएका पाइपको प्राविधि क्षमता विवरण उपलव्ध गराउन निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले पुराना पाइप जिर्ण अवस्थामा रहेको भन्दै नयाँ जोडिएका पाइपहरुको प्राविधिक क्षमता जाँच गरि विवरण उपलव्ध गराउन खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बिकास समितिलाई निर्देशन दिएको हो । बैठकले स्थानीयबासीहरुको समस्या समाधान गरी निर्वाध रुपमा मेलम्ची सञ्चालन हुने व्यवस्था मिलाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

समिति सभापति कल्याणी खड्काले मेलम्चीको पानी सुन्दरीजलमा ल्याउने प्रयासमात्र देखिएको भन्दै यसले मात्र नपुग्ने र अन्य देखिएका समस्या पनि समाधान गर्न निर्देशन दिइन् । बैठकमा खानेपानीमन्त्री बिना मगरले असार मसान्तमा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने दोहोर्याइन् ।

अस्थायी डाइभर्सनका लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको भन्दै उनले असार मसान्तमा टेष्टिङ र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढंगले वितरण प्रकृया अगाडि बढ्ने जानकारी दिइन् । बैठकमा सांसदहरुले लामो समयदेखि मेलम्चीको पानी आउने चर्चा चलेपनि अझैपनि ल्याउन नसक्नुले जनता निराश भएको बताएका थिए ।

उनीहरुले मेलम्ची आउन ढिलाई भएको कारणबारे प्रश्न गरेका थिए । त्यस्तै मेलम्ची खानेपानी विकास समितिका प्रतिनिधिहरुले सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडानको १० प्रतिशत काम बाँकी रहेको जानकारी गराएका थिए । मेलम्ची आयोजनाको प्रगतिको बारेमा समितिले सरोकारवाला निकायसंग छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उर्जामन्त्रीको गुनासोः विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, अनि हामी कहाँ बत्ती गयो भन्छन्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था

रविको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको

५०० रूपैयाँ र १ हजार दरका नयाँ नोट छाप्ने नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् । प्रधानन्यायाधीशबाट शपथ

यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम

गण्डकी। ‘प्रिमनसुन’ अवधिमा भइरहेको वर्षाले यस वर्ष गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका