नेकपाको स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान ११ बजेपछि सुरु भएको बैठक शुक्रबार बस्ने गरी स्थगित भएको हो । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेपछि शुक्रबार फेरि बस्ने गरी बैठक स्थगित भएको हो ।

अध्यक्षद्वयको धारणा र प्रतिवेदन र एजेण्डाको बिषयमा स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि समय आवश्यक परेका कारण बैठक पर्सीसम्म स्थगित भएको हो । स्थायी समिति बैठकको पहिलो एजण्डा अध्यक्षद्वय ओली र प्रचण्डको मन्तब्य रहेको थियो । बैठकमा अध्यक्षद्वयले बर्तमान परिस्थिति र चाल्नुपर्ने कदमको बारेमा आफ्नो धारणा रोखका नेताहरुले बताएका छन ।

स्थायी कमिटी बैठकमा पाँच एजेण्डा तय गरिएको छ । दोस्रो एजेण्डाको रुपमा सरकारको कामका सम्बन्धमा एजेण्डा रहेको छ । सो एजेण्डामा कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा र अन्य गरी तीन विषय समावेश गरिएको छ । यसैगरी तेस्रो एजेण्डाका रुपमा पार्टी एकताका बाँकी कामहरु राखिएको छ ।

यसैगरी नेकपाभित्र निकै विवादको बिषय बनाइएको एमसीसीका सम्बन्धमा चौथो एजेण्डा राखिएको छ भने पाँचौं एजेण्डाका रुपमा बिबिध राखिएको छ । स्थायी कमिटी बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच दुई दिन लगातार भएको छलफलमा सहमतिका साथ यी एजेण्डा तय गरिएको हो । नेकपाको यही बैठकले एमसीसीलगायत सवै बिषयमा पार्टीको आधिकारिक धारणा तय गर्नेछ ।

बैठकले ७ वटा एजेन्डा स्वीकृत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
१.वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन ।
२.कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा ।
३. नेपालको सीमा समस्या र समाधान सम्बन्धमा ।
४. सरकारको कामको समग्र समीक्षा सम्बन्धमा ।
५. पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।
६.एमसीसीका सम्बन्धमा ।
.विविध ।
क.रूकुम घटना
ख.नागरिकता विधेयक र
ग. संघीय संसदका सदस्यहरूको भत्ता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामान्य प्रशासन मन्त्रालयद्वारा ७२ जना सहसचिवको सरुवा(सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरुको सरुवा गरेको

दरबन्दीको तुलनामा कम संख्याले काम गर्न जिल्ला प्रहरी परिसर काठमाडौं काम गर्न बाध्य

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा काठमाडौँ जिल्लामा २ हजार ७०० भन्दा बढी आगलागीका

चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । अदालतले चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ

लोडसेडिङ तालिका पुनरावृत्ति हुने कुरा कल्पानाबाहिरको विषयः उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लोडसेडिङको हल्ला निरर्थक भएको बताएका