पर्वतमा पहिरोमा बेपत्ता भएका मध्ये पाँच जनाको शव फेला



पर्वत । शनिबार राति पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएका मध्ये ५ जनाको शव फेला परेको छ । घटनास्थलमा उद्धारका लागि पुगेका सुरक्षाकर्मीहरुको टोलीले गएराति ३ जनाको शव र आइतबार बिहान दुई जनाको शव निकालेको हो ।

तुलबहादुर थापा, उनकी श्रीमती निमकुमारी थापा र नातिनी बिविसा थापाको शनिबार राती नै शव फेला परेको थियो । तुलबहादुरका नातिनातिनाहरु विवेक, कृपा र सुनिल थापा अझै बेपत्ता छन् ।

परिवारका सबैजना सुतिरहेको अवस्थामा खसेको पहिरोले सबै पुरिएका हुन् । पहिरोमा बेपत्ता अन्य चार जनाको खोजीकार्य आइतबार बिहानैदेखि जारी छ । गएराति भीषण वर्षापछि दुर्लुङस्थित काफलचौर माध्यमिक विद्यालय नजिकैको बस्तीमा पहिरो खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली नोट र अफिम कारोबार गर्ने गिरोह पक्राउ

नेपालगञ्ज । भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र

विपी राजमार्गमा साँझ ५ बजेदखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक

काभ्रे । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

गुल्मी । आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको