सरिता गिरीलाई संसद सदस्यबाट फिर्ता बोलाउन युवा संघको माग



काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले सरिता गिरीलाई संसद सदस्यबाट अबिलम्ब फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई आग्रह गरेको छ । संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले बुधबार संयुक्तरुपमा विज्ञप्ति जारी गरी गिरीले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक संचार माध्यममा दिएको अभिव्यक्ति दिएको भन्दै फिर्ता बोलाउन माग गरेका हुन् ।

संघले गिरीले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएकोे ठहर रहेको उल्लेख गरेको छ । त्यसैगरि यस्तो गैरआचरण र कार्य गर्नेलाई कानून बमोजिम कारवाही गर्न पनि संघले माग गरेको छ ।

संघको विज्ञप्तिमा भनिएको छ, ‘निजका विरुद्धमा संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गम्भीरतापूर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौ । त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम निज सरिता गिरी र सम्वन्धित दल हुने व्यहोरा समेत अग्रीम जानकारी गराउन चाहान्छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर ल्याइँदै गर्दा फरार भएका अभियुक्त पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट फरार भएका निशान परियार पुनः पक्राउ

बालकुमारीबाट १६८ थान मोबाइलसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौँको बालकुमारीबाट प्रहरीले १६८ थान मोबाइलसहित प्रहरीेले दुई जनालाई पक्राउ गरेको