‘काँधमा सवारले पो तुर्काएको रैछ प्रधानमन्त्रीजी तपाइँले होइन’



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जन्मदिनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको व्यवहारप्रति आपत्ति जनाएको छ । मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले जन्मदिनको समयमा प्रधानमन्त्री ओलीको कार्यशैली राजा महाराजाको भन्दा पनि भद्दा भएको आरोप लगाएका हुन् ।

रिजालले भने,‘प्रधानमन्त्रीज्यू, तपाईंको सत्ताउन्दामद देखेर आम नागरिक निराश र दिग्दार छन् । जुन तामझामका साथ देशका प्रदेशका व्यक्तिलाई बोकेर जानुभयो । सायद तपाईंको घरले खड्गप्रसाद ओलीलाई चिनेन होला नयाँ महाराजा सवारी भयो भनेर।’  प्रधानमन्त्रीले जन्मदिनमा चार हजार बृद्धबृद्धालाई सारी र कोट बाँडेको आफूले सुनेको रिजालले बताए ।

उनले भने, ‘पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने राजा महाराजालाई पनि इष्र्या लाग्यो होला प्रधानमन्त्रीज्यू ।’ ‘हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । आज थरिथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी ?’

कांग्रेस सांसद रिजालले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको दाबीलाई निवर्तमान सञ्चारमन्त्रीको अडियो प्रकरणले गिज्याएको बताए । धेरैको अविश्वास रहेको तर शंकाको लाभ दिन तयार रहेको भन्दै उनले भने, ‘संसदमा विश्वासमा लिनुस्, भ्रष्टाचारका यस्ता घटना हुँदैन भनेर विश्वास दिलाउनुस् ।’

उनले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा ७० करोड घुस बार्गेनिङ भएको सम्बन्धमा सदनमा प्रधानमन्त्री ओलीले जवाफ दिने विश्वासका साथ संसद सञ्चालन गर्न राजी भएको बताए । यसअघि ७० करोड घुस मागेको सम्बन्धमा सञ्चार मन्त्रीलाई बर्खास्त गर्न र प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेसले बिहीवारको बैठक अवरुद्ध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली नोट र अफिम कारोबार गर्ने गिरोह पक्राउ

नेपालगञ्ज । भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र

विपी राजमार्गमा साँझ ५ बजेदखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक

काभ्रे । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

गुल्मी । आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको