दामनको रिसोर्टमा बेहोस भेटिएका आठ भारतीयको उपचारका क्रममा मृत्यु



काठमाडौं । मकवानपुरको सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको मृत्यु भएको छ । होटलमा बेहोस भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो ।

अस्पतालमा ल्याइएका आठैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १५ जनाको समूह दामन पालुङ घुम्न आएका र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए ।

मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार मंगलबार राति १ बजेको समयमा उनीहरुले होटलको रिसेप्सनबाट कोठामा ग्यास सिलिण्डर लगेर बालेका थिए । झ्याल थुनेर ग्याँस हिटर बालेका कारण उनीहरुको ज्यान गएको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका छन् ।

नेपाल घुम्न आएका १५ पर्यटकमध्ये आठको मृत्यु भएको हो । उनीहरु रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा आठ जना सुतेका ती पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए । उनीहरुलाई हेलिकप्टरबाट काठमाडौँको ह्याम्स् अस्पताल लगिएको थियो ।
पोखराबाट सोमबार साँझ उहाँहरु सो रिसोर्टमा बास बस्न आएका पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली नोट र अफिम कारोबार गर्ने गिरोह पक्राउ

नेपालगञ्ज । भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र

विपी राजमार्गमा साँझ ५ बजेदखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक

काभ्रे । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

गुल्मी । आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको