नेपालमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छैनः प्रमुख पाण्डे



काठमाडौं । रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले नेपालमा कोरोना भाइरसको संक्रमण समूदायस्तरमा नपुगेको दाबी गरेका छन् । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले अधिकांश संक्रमित विदेशबाट आएकाले समूदायस्तरमा संक्रमण नगएको पुष्टि भएको दाबी गरेका हुन् ।

साथै ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका र संक्रमितमध्ये गम्भीर प्रकारका बिरामी कम रहेको बताए । उनले प्रदेश र स्थानीय तहहरूसँगको सहकार्यमा कन्ट्रयाक्ट ट्रेसिङको संयन्त्रले काम भइरहेको र थप संयन्त्र विस्तार हुने क्रमले कन्ट्रयाक्ट ट्रेसिङको काम थप प्रभावकारी हुने जानकारी दिए ।

अहिले महाशाखामा २० वटा टोली र प्रत्येक प्रदेशमा तीन वटा टोलीले कन्ट्रयाक्ट ट्रेसिङको काम गरिहेका उनले बताए । ‘कन्ट्रयाक्ट ट्रेसिङ’ का लागि ३ हजार २२५ जनाको जनशक्ति टोली तयार गर्ने डाक्टर पाण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले भोजपुरको सिक्रेटारमा निःशुल्क

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

बनियानी । कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने वित्तिकै नाक खुम्च्याउने

महानगरद्वारा डेङ्गी नियन्त्रणका लागि विद्यालयमा सचेतनामूलक कार्यक्रम सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेङ्गी नियन्त्रणका लागि विद्यालयमा सचेतनामूलक कार्यक्रम थालनी

सूर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल पुरस्कृत

काठमाडौं । सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले पुर्याएको योगदानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले