जनकपुर र राजविराजका लागि प्रदेश दुईले किन्यो दुई वटा पीसीआर मेशीन, सोमबारदेखि संचालनमा आउने



जनकपुरधाम । कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश दुई सरकारले वाचा गरेअनुरुप जनकपुर र राजविराजका लागि २ वटा पीसीआर मेसिन खरिद गरेको छ । मन्त्रिपरिषदले जनकपुर, वीरगंज र राजविराजमा परीक्षण प्रयोगशाला संचालन गर्ने निर्णय गरेअनुरुप जनकपुर र राजविराजको लागि पिसिआर मेसिन खरिद गरेर ल्याएको हो ।

जनकपुरस्थित पशुरोग अन्वेषण प्रयोगशालामा पिसिआर मेसिन संचालनमा ल्याइने छ भने राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा संचालन गरिने भएको छ । दुबै ठाउँको लागि मेशीन ल्याई जडानको काम समेत शुरु भइसकेको छ । अगामी सोमबारदेखि दुबै पीसीआर संचालनमा आउने प्रादेशिक प्रयोगशालाका प्रमुख रामविनय साहले जनाकारी दिएका छन् ।

उक्त मेसिनको क्षमता ४ घण्टामा ९६ जनाको परीक्षण गर्ने रहेको जनाइएको छ । वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पीसीआर मेशीन जडान भई यसअघिनै संचालनमा आइसकेको छ । त्यसैगरि प्रदेश सरकारले उपचार, तथा परीक्षणको कार्यलाई थप चुस्त बनाउन गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई ल्याब संचालन, जनशक्ति परिचालन तथा औषधि एवं अन्य सामग्री खरिदका लागि ५० लाख र वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनाका लागि २५ लाख रुपैयाँ निकासा गरेको छ ।

प्रदेश सरकारले नेपाली सेनाद्वारा संचालन हुने गरि राजविराज र बारा जिल्लामा कम्तीमा ५ सय शैयाको प्रादेशिक क्वारेन्टाइन निर्माण गर्न समेत नेपाली सेनाले उपलब्ध गराएको इस्टिमेट अनुसार रकम उपलब्ध गराउने निर्णय गरेको छ । त्यसैगरि वीरगंजमा विदेशबाट आउने नागरिकलाई राख्न ५ सय शैयाको होल्डिङ्ग क्वारेन्टाइन समेत नेपाली सेनाले नै संचालन गर्ने गरि आवश्यक रकमको व्यवस्था समेत गरेको छ ।

प्रदेश सरकारले कोरोना संक्रमितको संख्यामा तीब्र वृद्धि भइरहेको बेला स्थानीय स्तरमै कन्ट्रयाक्ट ट्रेसिङ्ग मार्गदर्शनका लागि अभिमुखीकरण संचालन गर्ने र विभिन्न जिल्लाका विभिन्न स्थानमा गई केस इन्भेस्टिगेशन गर्न समेत आवश्यक बजेटको व्यवस्थापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा

काठमाडौँ । काठमाडौँ, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाले सोमबार एकैदिन पूर्णखोप

काठमाडौँ पूर्ण खोपयुक्त जिल्ला घोषणा

काठमाडौँ । काठमाडौँ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप

स्वास्थ्य बीमा  कार्यक्रममा पुनरावलोकन हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ  । प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनःविचार गरिने बताएका छन्

शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन, निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको