प्रधानमन्त्रीलाई अब यसरी राखिनेछ बालुवाटारमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली दोस्रो पटक मृगौला प्रत्यारोण गराई अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रत्यारोपणको १२ दिनपछि शुक्रबार साँझ प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएका हुन् । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु राम्रो रहेकाले डिस्चार्ज गरेको बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको उपचार खर्च अनुमानित ५ देखि ६ लाख रुपैयाँ लागेको जानकारी दिएका छन् । प्रधानमन्त्रीलाई कुनै सङ्क्रमण नहोस् भनेर बालुवाटारमा ‘कन्ट्रोल रुम’ को बन्दोबस्त गरिएको छ । शल्यक्रियापछि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

प्रधानमन्त्रीको शरीरमा पाइप र टाँका रहेका छन् र घाउ हेरेर पाइप र टाँका एक/दुई दिनमा निकालिने उनले बताए । उनलाई इन्फेक्सनको डर रहेकाले सङ्क्रमण नहोस् भनेर बालुवाटारमा पनि चिकित्सकको निगरानीमा राखिने छ । अहिले प्रधानमन्त्रीको शरीर कमजोर रहेको उनको भनाइ थियो ।

‘कीटाणुले आक्रमण गर्न सक्छ, त्यही भएर औषधि खाइरहनुपर्छ । तीन महिनासम्म आराम गर्नुपर्छ”, डा शर्माले भने, “साधारण काम गर्न सक्नुहुन्छ, प्रत्यक्ष कुराकानी गर्न मिल्दैन, ठूलो शल्याक्रिया पछाडि हिँडडुल गर्न अप्ठ्यारो भएकाले उहाँलाई समातेर लगिएको हो ।”

सार्वजनिक कार्यक्रममा तत्काल सहभागी हुन नहुने र प्रधानमन्त्रीको शारीरिक अवस्था हेरेर यसबारेमा सुझाव दिइने उनले बताए । डिस्चार्ज भएर बालुवाटार पुगेलगत्तै प्रधानमन्त्रीले ट्वीटमार्फत अस्पतालमा रहँदा स्वास्थ्यलाभको कामना गर्ने मित्र एवं सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा धन्यवाद ज्ञापन गरेका छन् । “१२ दिन लामो अस्पताल बसाइपछि मिर्गौला प्रत्यारोपण गरेर म आज आफ्नो निवासमा फर्केको छु”, उनले ट्वीटमा भनेका छन् छ, “मेरो मिर्गैलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकप्रति विशेष आभारी छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सात महिनापछि कार्यपालिका बैठक बोलाएका छन्

सरकारको नेतृत्व गरेदेखि अध्यक्ष ओलीको लोकप्रियता झनै बढ्योः महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको १०औंँ राष्ट्रिय महाधिवेशनले

हस्ताक्षरपछि मनिषाले भनिन्-पक्कै पनि रविमाथि राज्यबाट दुर्व्यवहार भइरहेको छ

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्रत पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर

कोइराला समूहको निष्कर्षः ०८४ र त्यसअघिको उपनिर्वाचनमा हुनसक्ने गठबन्धनका उम्मदेवार जिताउन कारबाही

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीका नेताहरुमाथि गरिएको कारबाही