मुद्दा खेपेर चर्चा कमाएको कुखुराको भाले



फ्रान्समा बिहानको समयमा बासेको भन्दै मोरिस नाम गरेको कुखुराको भाले पालेका एक व्यक्तिलाई अदालत पुर्याइएपछि चर्चामा आएको उक्त भालेको ६ वर्षको उमेरमा मृत्यु भएको छ । ध्वनि प्रदूषण सम्बन्धी मुद्दाको केन्द्रमा परेको मोरीसले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको थियो ।

त्यो भाले फ्रान्सेली गाउँहरूका मौलिक आवाजको संरक्षण गर्नुपर्ने भन्दै गरिएका अभियानहरूको प्रतीक नै बन्न पुगेको थियो । सन् २०१९ मा एउटा अदालतले मोरिसको पक्षमा फैसला सुनाएको थियो। त्यसपछि उक्त भाले ओलेरोँ नामक टापु स्थित एक घरमा बस्दै आएको थियो । उक्त पक्षीको मृत्यु गत मे महिनामा भएको बताइएको छ। तर उसलाई पालेका व्यक्तिले भने ढिलो गरी यो समाचार सार्वजनिक गरेका छन् ।

“लकडाउनकाबीच मानिसहरूसँग चिन्ता गर्नुपर्ने धेरै विषय छन् भन्ने मलाई लाग्यो,“ कोरिन फेसेअउले एउटा फ्रान्सेली रेडियोमा भनिन्। “हामीले नयाँ भाले किनेका छौँ। उसको नाम मोरिस नै राखेका छौँ। उसको पनि आवाज मिठो छ। तर उ हाम्रो पुरानो मोरिस कहिल्यै बन्न सक्दैन।“

ओलेरोँमा छुट्टीको समय बिताउनका लागि निर्माण गरिएको घरमा बस्दै आएका एक वृद्ध दम्पतीले आफूहरूलाई भाले बासेको आवाजले दुःख दिएको बताएपछि मोरिस समस्यामा परेको थियो । त्यसपछि ग्यालिक मूलको कुखुराकोभाले लाई राष्ट्रिय प्रतीक मानिएको फ्रान्समा मोरिसलको ख्याति निकै फैलियो। र उसलाई बचाउनको लागि एउटा निवेदनमा दशौँ हजारले हस्ताक्षर गरे । अदालतले पक्षमा फैसला नगरेको भए ३५ वर्ष देखि ओलेरोँमा बस्दै आएका फेसेअउले कसै गरी मोरिसलाई चुप लगाउनुपथ्र्यो या अन्तै बसाइ सर्नु पथ्र्यो ।

तर गत सेप्टेम्बरमा न्यायाधिशले मोरिसका मालिकको पक्षमा फैसला सुनाए र उजुरी दिने व्यक्तिलाई क्षतिपूर्ति बापत १,१०० अमेरिकी डलर (करिब १३४,००० रुपैयाँ) जरिवाना गराए। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जहाँ देवीलाई चढाइन्छ दाम्लो

गोरखा । भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् रु सबैको उत्तर हुन्छ,

रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि….

गण्डकी । कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा

गोरखाको लाप्राकमा यसरी गरियो मकैको विवाह

गोरखा । माघ शुक्ल द्वितीया तिथि पारेर आज यहाँको धार्चे गाउँपालिका–४ लाप्राकमा मकैको

आफैं ट्याक्टर चलाएर बेहुला बेहुलीको घर पुगेपछि…

राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् ।