चुनौतिहरुसँग जुध्न नेकपा एमालेलाई सही नीति, विधिबाट अघि बढाउनुपर्छ



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेलाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प नभएको बताएका छन् ।

४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार सन्देश जारी गरी वरिष्ठ नेता खनालले पार्टीलाई थप एकताबद्ध गरि सुदृढ र थप मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुनै पुष्पलालप्रतिको सच्चा सम्मान हुने बताएका हुन् ।

उनले भनेका छन्, ‘कुनै पनि समाज वा राष्ट्रले आफ्नो अस्तित्व र विकासको प्रक्रियामा नयाँ व्यक्तित्व र विभूतिहरुलाई जन्माउने गर्छ । उनीहरुको मार्गदर्शन र अगुवाईमा सिंगो समाज वा राष्ट्र प्रभावित हुने गर्छ र आफ्नो विकास क्रममा नयाँ दिशा, चरण र श्रृंखलाहरु प्राप्त गर्ने गर्छ । यही ऐतिहासिक प्राकृतिक विकास प्रक्रियाको रुपमा नेपाली कम्यूनिष्ट आन्दोलनका जन्मदाता, प्रणेता साथै संवाहक कमरेड पुष्पलाल हुनुहुन्छ । क. पुष्पलाल कै मार्गदर्शनबाट अघि बढेर आज हामीले नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेका छौं, देशको संविधान निर्माण गरेका छौं । यी सबै नेपाली कम्युनिष्ट आन्दोलनले ७२ बर्ष पार गर्ने क्रममा हामिले प्राप्त गरेका असाधारण उपलव्धीहरु हुन् । यी उपलब्धीहरु सगँसगै हाम्रा सामु ठूल्ठूला चुनौतिहरु पनि खडा भएका छन् । यी चुनौतिहरुसँग जुध्न हाम्रो पार्टी नेकपा एमालेलाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चरोमुसोले पनि नपढ्ने कोर्स पढ्न १५-२० लाख खर्चेर विदेश आउनु बुद्धिमानी होइन

-नारायण गाउँले । कृपया तीन पल्ट सोच्नुहोला । पहिलो त शारीरिक र मानसिक

बाढीले बगायो बागलुङको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र

जतिसुकै सिट सङ्ख्या भएपनि यो संविधान र लोकतान्त्रिक गणतन्त्रको माओवादी संस्थापन होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जतिसुकै सङ्ख्या भए पनि

स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने भएका