माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने, आत्मालोचना गर्ने कुनै ठाउँ छैनः ओली



काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले अब एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाललाई ठाउँ नभएको बताएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आत्मआलोचना गरेर आए अन्य नेतालाई ठाउँ भएपनि माधव नेपालका लागि एमालेमा ठाउँ नभएको बताएका हुन् ।

उनले भने, ‘अरुले आत्मआलोचना गरे भने ठाउँ दिन सकिन्छ । तर माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन।’

ओलीलाई बालुवाटारबाट बुधबार दिउँसो एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका कार्यकर्ताले बाजागाजासहित बालकोट लगेका हुन्। ओली समर्थकले पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपालविरूद्ध नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीले बगायो बागलुङको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र

जतिसुकै सिट सङ्ख्या भएपनि यो संविधान र लोकतान्त्रिक गणतन्त्रको माओवादी संस्थापन होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जतिसुकै सङ्ख्या भए पनि

स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने भएका

भूमिसम्बन्धी विधेयकमा ‘लटरपटर’ नगरौं : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकलाई आजको संसदको कार्यसूचीबाट हटाउन